भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

गृहमन्त्री कोरलानाका जाने

गृहमन्त्री कोरलानाका जाने

काठमाडौं । गृहमन्त्री रमेश लेखक बुधबार मुस्ताङ जाने भएका छन् । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरलानाका स्थित नवनिर्मित अध्यागमन (इमिग्रेसन) भवन तथा लोमान्थाङ—१ छोसेरस्थित नवनिर्मित सशस्त्र बोर्डर आउटपोस्ट (बीओपी) भवन उद्घाटन गर्न उच्च सुरक्षा अधिकारीको टोली मुस्ताङ जाने तयारी भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

कोरलानाकामा प्रदेश सरकारले गत वर्ष ५० लाख रुपैयाँ लागतमा ६ कोठे एसवाई प्यानलको भवन निर्माण गरेको थियो । यस्तै संघीय सरकारअन्तर्गत कोरलानाका यता लोमान्थाङ—१ छोसेर नेचुङमा सशस्त्र प्रहरीको २ तले ५५ कोठा क्षमताको भवन निर्माण भएको थियो। विगत २ वर्षअघि नै सम्पन्न भएको भवन विभिन्न कारणले उद्घाटन हुन सकेको थिएन ।

भारतीय नाकाबन्दीपछि लोमान्थाङ—१ नेचुङमा सशस्त्र प्रहरीलाई ३३ रोपनी, नेपाल प्रहरीलाई १३ रोपनी, अध्यागमन कार्यालयलाई १२ रोपनी र भन्सारलाई १ सय ९ रोपनी जग्गा उपलब्ध गराइएको थियो । यस्तै, सोही बेला नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा २ सय ७१ रोपनी जग्गा उपलब्ध भएको थियो । नेपाली सेनाले थुर्लुङ फाँटमा पूर्वाधार निर्माण गरी सैनिक क्याम्प बसिसकेको छ । सशस्त्र प्रहरीलाई प्राप्त ३३ रोपनी जग्गामा बीओपी भवन सम्पन्न गरी उद्घाटन गर्ने तयारी गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.