भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

दोरम्बा पहिरोः मृतकको संख्या ८ पुग्यो

दोरम्बा पहिरोः मृतकको संख्या ८ पुग्यो

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्कमा गत आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ। बेपत्ता तीन जना मध्ये बुधबार बिहान पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शव फेला परेपछि मृतकको संख्या आठ पुगेको हो।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजि गर्ने क्रममा पहिरोले पुरेको अबस्थामा मंगलबार दिउँसो स्थानीय २३ वर्षकी बिन्दा पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापकाका सूचना अधिकारी रञ्जनकुमार गिरीले जानकारी दिए।

यस्तै आज बिहान पनि एक जनाको खुट्टामात्रै भेटिएको प्रहरी निरीक्षक गिरीले बताए। पहिरोमा अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा काले पहरी र झ्याउँकुरी पहरी छन्। सोमबार ७५ वर्षीय पुड्की पहरीको शव फेला परेको थियो।

चार घर परिवारको ५ घर पहिरोले पूर्ण क्षति गरेको त्यहाँ आइतबारै खोजतलास गर्ने क्रममा शिक्षिका ३० वर्षीय चण्डिका श्रेष्ठ, उनका १८ महिने छोरा आमुष श्रेष्ठ मृत भेटिएका थिए। त्यस्तै ५७ वर्षकी उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी आइतबार मृत भेटिएका थिए। उनीहरू चार जना एकै परिवारका हुन्।

एक जना घाइते ११ वर्षीय अन्जना श्रेष्ठको काठमाडौँमा उपचार भइरहेको छ। पहिरोका कारण लेखर्कका ५९ परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठाहरुमा राखिएको गाउँपालिकाले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.