भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नयाँ बानेश्वरको एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहोर उठाउन रोक

नयाँ बानेश्वरको एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहोर उठाउन रोक

काठमाडौं । नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहोर उठाउन काठमाडौं महानगरपालिकाले रोक लगाइएको छ । छड्के अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले सङ्क्रमित फोहोर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहोरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएकोले फोहोर उठाउन रोक लगाइएको हो ।

रङ्ग सङ्केतअनुसार जोखिमपूर्ण फोहोर राख्ने छुट्टै डस्बिन पनि नराखेकोले समस्या पैदा भएकाे वातावरण व्यवस्थापन विभागको फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले बताइन् । महानगरले यसअघि कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको फोहोर उठाउन रोक लगाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.