भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

नयाँ बानेश्वरको एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहोर उठाउन रोक

नयाँ बानेश्वरको एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहोर उठाउन रोक

काठमाडौं । नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहोर उठाउन काठमाडौं महानगरपालिकाले रोक लगाइएको छ । छड्के अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले सङ्क्रमित फोहोर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहोरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएकोले फोहोर उठाउन रोक लगाइएको हो ।

रङ्ग सङ्केतअनुसार जोखिमपूर्ण फोहोर राख्ने छुट्टै डस्बिन पनि नराखेकोले समस्या पैदा भएकाे वातावरण व्यवस्थापन विभागको फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले बताइन् । महानगरले यसअघि कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको फोहोर उठाउन रोक लगाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.