भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

लिबियाको तटीय सहर जुवाराबाट छुटेको जहाज समुद्रमा डुब्दा ६१ जना हराए

लिबियाको तटीय सहर जुवाराबाट छुटेको जहाज समुद्रमा डुब्दा ६१ जना हराए

एजेन्सी । दुर्घटना हुँदा लिबियामा ६१ जना डुबेर हराएका छन् । ८६ जना आप्रवासी बोकेर लिबियाको तटीय सहर जुवाराबाट छुटेको जहाज समुद्रमा डुब्दा ६१ जना हराइरहेका हुन । भूमध्य सागर पार गर्नका लागि सानो डुङ्गामा क्षमताभन्दा धेरै मानिस चढ्दा दुर्घटनाहरु धेरै हुने गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकाय अन्तर्राष्ट्रिय प्रवासन सङ्गठन (आईओएम) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूमध्य सागर हुँदै अफ्रिकाबाट युरोप जाने आप्रवासीका लागि लिबिया मुख्य केन्द्र हो ।

आईओएमका अनुसार यो बाटोबाट युरोप जाने क्रममा दुई हजार दुई सय जनाभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाइसकेका छन् । आईओएमका अनुसार यस वर्ष लिबिया हुँदै एक लाख ५३ हजार जनाभन्दा धेरै मानिस इटली पुगेका छन् ।

 


Thali Mobile Pvt.Ltd.