शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या

शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या image

सुनसरी । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ ।सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिए ।

उनले भने, “हामीले वर्षौँदेखि प्राथमिक तह ९प्रावि० दरबन्दीका शिक्षकबाट नै आधारभूत तहसम्म अध्यापन गराइरहेका छौँ ।” कक्षा ५ सम्म पढाउने क्षमता भएका शिक्षकले ८ कक्षासम्म पढाइरहनुपर्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

“हामीले सकीनसकी पढाउन त पढाइरहेकै छौँ”, उनले भने, “राज्यले पर्याप्त दरबन्दी नदिँदा अदक्ष शिक्षकबाटै भए पनि काम चलाइरहनुपरेको छ । यो हाम्रो बाध्यता हो ।” बराहक्षेत्र नगरपालिकाको वडा नं ६ र ९ श्रीलङ्का टापुलाई कोशीटप्पु पनि भन्ने गरिन्छ । यहाँ दुई हजारभन्दा बढी जनसङ्ख्या छ । विद्यालयका शिक्षक सन्तोष चन्द्रवंशीका अनुसार श्रीलङ्का टापुभरिमा तीनवटा सामुदायिक विद्यालय छन्, यसमा दुईवटा प्राथमिक तहका विद्यालय छन् भने एउटा आधारभूत तहको विद्यालय छ ।

जनता आधारभूत विद्यालयले २०६६ सालदेखि यस क्षेत्रका विद्यार्थीलाई कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ । तथापि शैक्षिकसत्र २०७८÷७९ देखि नगरपालिकाको शिक्षा शाखाले शिक्षण सहयोग अनुदान भनेर एउटा निमावि ९आधारभूत० दरबन्दी दिएको प्रधानाध्यापक कर्माकारले जानकारी दिए । उनले भने, “आधारभूत तह चलाउनै गाह्रो छ । त्यसै कारण गुणस्तरीय शिक्षा पनि दिन सकिएको छैन ।”

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दरबन्दी आवश्यकतालाई पूर्ति गर्ने बताए । उनले भने, “दरबन्दीको आवश्यकता पूरा गर्दै आगामी शैक्षिकसत्रदेखि यस विद्यालयमा कक्षा ९ थप्नेसमेतको योजना छ ।” सप्तकोशी नदीले धार परिवर्तन गर्दा बनेको श्रीलङ्का टापु जान कोशीमा डुङ्गा चढेर जानुपर्छ । वर्षात्का समयमा डुङ्गा पनि प्रयोग गर्न गाह्रो हुने भएकाले यातायातको निकै समस्या रहेको कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलले जानकारी दिए।

उनले तरकारी खेतीका लागि निकै प्रख्यात सो क्षेत्रका किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान समस्या भएको बताए । उनले भने “किसानले मेहनतअनुसारको मूल्य समेत पाएका छैनन् । सप्तकोशी नदीमा झोलुङ्ग पुलको आवश्यकता छ ।” रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • अर्थमन्त्री मास्कीद्वारा देउखर शान्ति बाैद्व विहारको शिलान्यास image

    अर्थमन्त्री मास्कीद्वारा देउखर शान्ति बाैद्व विहारको शिलान्यास

    दाङ । देउखुरीको गढवा गाउँपालिका-३ मा रहेको गोवरडिहा सामुदायिक वनमा देउखर शान्ति बाैद्व विहारको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले  आइतबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन्...

  • सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा पोखरामा दुई जनाको मृत्यु image

    सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा पोखरामा दुई जनाको मृत्यु

    काठमाडौं । पोखरामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं ७ बुलौंदीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा.प्र २–०३४प...

  • जलेर एक महिलाको मृत्यु image

    जलेर एक महिलाको मृत्यु

    सुनसरी । इटहरीमा एक महिलाको मृत्यु भएको छ। आगलागी हुँदा इटहरी उपमहानगरपालिका–६ स्थित वीपी चोकमा आगलागीबाट जलेर एक महिलाको मृत्यु भएको हो। शनिबार मध्यराति आगलागी भएका कारण प्रहरीले ढिलागरी...

  • कैलालीमा तीन जना पक्राउ image

    कैलालीमा तीन जना पक्राउ

    धनगढी । लागुऔषध सहित कैलालीबाट तीन युवा पक्राउ परेका छन् । उनीहरु लागुऔषध सहित तीन युवा कैलालीको टिकापुरबाट पक्राउ परेका हुन । इलाका प्रहरी टीकापुरको टोलीले उनीहरुलाई पक्राउ गरेको...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon