भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मधेश प्रदेश सरकारले सबै स्थायी कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

मधेश प्रदेश सरकारले सबै स्थायी कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

काठमाण्डौ, १३ । मधेश प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै पालिकालाई आफ्ना स्थायी कर्मचारीसम्बन्धी अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रमुख सचिवस्तरको निर्णयअनुसार पालिकाहरुलाई पद र सिटरोल दर्ता तथा कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गरी आवश्यक कागजातसहित प्रदेश किताबखानामा बुझाउन निर्देशन दिएको हो ।

कार्यालयका उपसचिव रोहितकुमार कोइरालाका अनुसार अहिलेसम्म प्रदेशअन्तर्गतका पालिकामा कार्यरत स्थायी कर्मचारीको भौतिक अभिलेख प्रदेश किताबखानामा प्राप्त नभएकोले अभिलेख व्यवस्थापनमा कठिनाइ भइरहेको बताइएको छ ।

यही कारणले सरकारले एक महिनाभित्र सबै अभिलेख अद्यावधिक गर्न समयसीमा तोकेको हो ।

 


Thali Mobile Pvt.Ltd.