भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

आउँदो प्रतिनिधिसभा चुनावमा ९ लाख १५ हजार नयाँ मतदाता थपिएका

आउँदो प्रतिनिधिसभा चुनावमा ९ लाख १५ हजार नयाँ मतदाता थपिएका

काठमाण्डौ,  १३ पुष । अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ जनाले बढेको छ । यसमध्ये ५ लाख २२ हजार ५ सय ५२ पुरुष र ३ लाख ९२ हजार ५ सय ५२ महिला मतदाता रहेका छन् ।

प्रतिनिधिसभा सदस्य चुनावमा जम्मा १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाताले भाग लिने भएका छन् । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दै ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता चुनावमा सहभागी हुने जानकारी दिएको छ ।

मतदाताले आफ्नो नामावलीमा नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशित गरिएको छ । आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरण समेत अद्यावधिक गरी अन्तिम नामावली तयार गरिएको छ ।

यस अन्तिम नामावलीमा समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १०,९६७ मतदातास्थलमा २३,११२ मतदान केन्द्र निर्धारण गरिएको छ । यो संख्या २०७९ सालको कुल मतदानस्थलको तुलनामा ७५ वटा बढी हो भने कुल मतदान केन्द्रको संख्या ८८५ ले बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.