भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

आउँदो प्रतिनिधिसभा चुनावमा ९ लाख १५ हजार नयाँ मतदाता थपिएका

आउँदो प्रतिनिधिसभा चुनावमा ९ लाख १५ हजार नयाँ मतदाता थपिएका

काठमाण्डौ,  १३ पुष । अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ जनाले बढेको छ । यसमध्ये ५ लाख २२ हजार ५ सय ५२ पुरुष र ३ लाख ९२ हजार ५ सय ५२ महिला मतदाता रहेका छन् ।

प्रतिनिधिसभा सदस्य चुनावमा जम्मा १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाताले भाग लिने भएका छन् । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दै ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता चुनावमा सहभागी हुने जानकारी दिएको छ ।

मतदाताले आफ्नो नामावलीमा नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशित गरिएको छ । आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरण समेत अद्यावधिक गरी अन्तिम नामावली तयार गरिएको छ ।

यस अन्तिम नामावलीमा समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १०,९६७ मतदातास्थलमा २३,११२ मतदान केन्द्र निर्धारण गरिएको छ । यो संख्या २०७९ सालको कुल मतदानस्थलको तुलनामा ७५ वटा बढी हो भने कुल मतदान केन्द्रको संख्या ८८५ ले बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.