भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एमाले विवाद उस्तै


  • चैत्र ७, २०७७
  • 638 Views
एमाले विवाद उस्तै image

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि बढाएका छन् ।

नेकपा केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले शनिबार संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्ने बताए । यसअघि बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले शनिबारको बैठकसमेत बहिष्कार गर्ने भएका छन् ।

शुक्रबार राति बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बैठक बहिष्कार गर्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले बताए । विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय भएको उनले बताए ।

रावलले बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने बताए ।

यता उपाध्यक्ष वामदेव गौतमले संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा सहभागी हुने जनाएका छन् । अखिल नेपाल किसान महासंघको शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागी हुने बताए ।

तर, उपाध्यक्ष गौतमले २८ फाुगनमा ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय खारेज गर्नुपर्ने माग अघि सार्नेछन् र त्यो माग सम्बोधन नभएको अवस्थामा गौतमले बैठक बहिष्कार गर्ने उनका सचिवालयले जनाएको छ ।

समानान्तर कमिटी बनाउँदै नेपाल समूह
यसैबीच नेपाल समूहको युवा संघ नेपालले शनिबार काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सो भेलाको उद्घाटन वरिष्ठ नेता नेपालले गर्ने जनाएको छ । सोही भेलाबाट केन्द्रीय कमिटीको समेत घोषणा गरिने बताइएको छ ।

 

यो समाचार आजको राजधानी दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.