भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तिहार नजिकिएसँगै व्यस्त मादल व्यापारी


  • कार्तिक १६, २०८०
  • 219 Views
तिहार नजिकिएसँगै व्यस्त मादल व्यापारी image

विजुवार । प्युठान नगरपालिका– ३ ओखरवोटका जोख बहादुर सुनारलाई मादल बनाउन र मर्मत गर्न भ्याइ नभ्याइ छ। तिहारमा देउसी भैलो खेल्नेहरूले मादलको माग बढी गर्ने भएकाले व्यस्तता बढेको हो । १५ वर्षे उमेरमै मादलमा खरी दल्न थालेका जोखबहादुरले यो काममा लागेको २९ वर्ष भइसकेको बताउनुभयो । उहाँले गाउँमै सीप सिकेर व्यावसायिक तवरले मादल बनाउन थाल्नु भएको हो। मादल बेचेर भएको आम्दानीबाट परिवारको जीविका चलेको जोखबहादुरले बताउनुभयो। उहाँले भन्नुभयो, यसै वाट घर खर्च चलाउन पुगेकै छ, खुसी नै छौँ ।

३ महिना मादल बनाउने सिजन हो। तीज,दसै र तिहारसम्म मादल बनाउन जोखबहादुरको घर खोज्दै ओखरवोट आउँछन्। सिजनमा मादल बिक्रीबाट एक लाख ५० हजारसम्म कमाई हुने उहाँले बताउनुभयो। सिजनबाहेक अरु बेला गाउँघरमा मिस्त्री काम गर्ने गरेको उहाँको भनाइ छ । जोखबहादुरका छोरा कुलमानले पनि वर्षौँदेखि यही पेसालाई अङ्गाल्नु भएको छ। चाडबाडका वेला भीड हुँदा काममा छोराले पनि साथ दिने गरेको बताउँदै उहाँले आफूले जानेको मादल बनाउने सीप अहिले छोरानातीलाई पनि सिकाउन थालेको उहाँले भन्नुभयो।

जोखबहादुर जस्तै प्युठान नगरपालिका १० मरन्ठानाका नमवहादुर बिक पनि व्यावसायिक रूपमा मादल बनाउन सक्रिय हुनुहुन्छ । रोजगारको लागि १३ वर्ष भारत र ३ वर्ष मलेसियामा बस्नुभएका उहाँले विदेशमा भविष्य नदेखेपछि आफ्नै ठाउँमा केही गर्ने सोचेर घर फर्किएको सुनाउनुभयो। चार वर्ष यता उहाँले गाउँमै मादल पसल खोलेर काम गरी रहनुभएको छ। पछिल्ला वर्षहरूमा मादल किन्न र मर्मत गर्न आउनेको सङ्ख्या घटेको उहाँको अनुभव छ।

डेगमा गीत बजाएर नाचगान तथा देउसी भैलो खेल्न थालेपछि मादल संस्कृति हराउँदै जान थालेको नमबहादुरले सुनाउनुभयो। उहाँले भन्नुभयो, तन्नेरी पुस्ता जति जम्मै अचेल डेगमा नाच्न थाले, मादल खासै खोज्दैनन् , यसले मादल बनाएर गुजारा गर्नेहरूको पेसामा धक्का पुगेको नमबहादुरको ठम्याई छ। खमारीको काठबाट मादल बनाइन्छ। काठमा ढंग्रो पारेर दुवै पट्टी छालाले मोडेर खरी लगाइएको हुन्छ।खरी बनाउँदा काँस र किटको धुलो मिसाइन्छ। यसको एका पट्टी केही सानो अर्को पट्टि अलिक ठुलो पारेर बनाइएको हुन्छ।

तर, अचेल मादल बनाउन चाहिने खमारीको काठ,बर्ताको लागि गाई गोरुको छाला पाउन मुस्किल पर्ने गरेको छ। उहाँले भन्नुभयो, मादल बनाउन चाहिने सामान पाइँदैन, मादल संस्कृति जोगाउन सबै लाग्नुपर्छ । प्युठानमा मादल बजाएर तिहारमा देउसी भैलो खेल्ने र नाच्ने गरिन्छ। यहाँ माडिखोले,गरारा,मारुनी, सोरठी, ख्याली,झुमरा जस्ता मौलिक नाच प्रख्यात छन । एउटा नयाँ मादलको ३ हजारदेखि १५ हजारसम्म मूल्य पर्छ। मर्मत गर्दा पाँच सयदेखि दुई हजार रुपियाँसम्म लिने गर्छन्। तर, नयाँ मादल किन्न आउने कमै हुने व्यवसायी बताउँछ । गीत बजाउन डेग भित्रिएपछि मादल लगायतका मौलिक लोक बाजा संस्कृति हराउन थालेको भन्दै जिल्लाका व्यवसायीहरू चिन्तित देखिन्छ। गोरखा पत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.