भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भिजिट भिसाले बिचल्ली


  • असार २३, २०७९
  • 340 Views
भिजिट भिसाले बिचल्ली image

गोरखा । भीमसेन थापा गाउँपालिका—५ बगुवा माछापोखरीका २० वर्षीय रोजन श्रेष्ठ १५ महिनादेखि दुबईमा अलपत्र छन्। स्थानीय राम पोखरेलले आफ्नै होटलमा काम लगाइदिने भन्दै दुबई पुर्‍याएर काम नदिएपछि अहिले उनले न काम गरेर पेट पाल्न पाएका छन्, न घर फर्किन।

दुबईमा होटल सञ्चालन गरेको र आफ्नै गाउँका मान्छेलाई काम दिने भन्दै पोखरेलले सोही गाउँका गौरव बराम, ज्वाईं नाता पर्ने लमजुङका हरिकृष्ण घिमिरे र हेटौंडाका कारसाङ तामाङलाई पनि भिजिट भिसामा दुबई पुर्‍याएका थिए। पोखरेलले प्रत्येकसित १ लाख ८० हजार रुपैयाँ लिएर पठाएको तर कसैलाई पनि काम नदिएर धोका दिएको पीडितका आफन्तको गुनासो छ।

‘छोरो भर्खर १८ पूरा भएको थियो’, श्रेष्ठकी आमा सोविता श्रेष्ठ भन्छिन्, ‘घरमा आएर कति९थोक भनेर ललाइफकाइ गरेर लगेको हो। तर अहिले बिचल्ली भयो।’ अहिले उसले फोन उठाउनै छाड्यो। ‘यहाँबाट राम पोखरेलले पठाएको हो। उताचाहिँ रामकै दाइ शंकर पोखरेल र झापाको देवेन्द्र गौतमले एयरपोर्टबाट लिएर गएका हुन्’, हरिकृष्ण घिमिरेकी श्रीमती ईश्वरी घिमिरे भन्छिन्, ‘हाम्रा छोराको पासपोर्ट पनि उनीहरूले नै राखेका छन्। पासपोर्ट नभएपछि बाहिर निस्कन पनि पाएका छैनन्।

‘उता शंकर र देवेन्द्रले छोराहरूको फोन नउठाउने, यता रामले हाम्रो फोन नउठाउने’, उनले भनिन्, ‘अनलाइनमा देखिन्छन्, तर मेसेजको जवाफ दिँदैनन्।’ श्रीमान् दुबईमा १५ महिनादेखि कोठामा थुनिएर बस्दा आत्तिसकेको अर्का पीडित हरिकृष्ण घिमिरेकी श्रीमती ईश्वरी घिमिरे बताउँछिन्। ‘हामीलाई छिटो नेपाल झिकाओ भनेर सधैं भनिरहनुहुन्छ तर कागजपत्र छैन। कसरी झिकाउने रु’, उनी भन्छिन्, ‘नजिकको आफन्त हो, किन नराम्रो गर्ने भनेर आजको दिनसम्म कतै उजुरबाजुर पनि गरेको छैन। अब त फोन पनि अफ गर्न थाले। बिचल्लीमा परियो।’ पोखरेलले बगुवाका गौरव बराम, रोजन श्रेष्ठ र लमजुङका हरिकृष्ण घिमिरेलाई २०७७ माघ २४ गते दुबई पठाएका थिए। कोभिड महामारीका कारण वर्क पर्मिट बन्द भएका बेला उनीहरूलाई भिजिट भिसामा दुबई पुर्‍याएका हुन्।

भिजिट भिसाको अवधि समाप्त भइसकेको र काम गर्ने भिसा पनि नहुँदा अहिले उनीहरू बिचल्लीमा छन्। ‘समस्यामा परियो, उद्धार गरिदिनुपर्‍यो भनेर गुनासो गर्दा उल्टै दलालले हप्कीदप्की गर्छन्’, हरिकृष्ण घिमिरेका ससुराबुबा कृष्ण ढकालले भने। दलालले विदेशमा लगेर अलपत्र पारेको भन्दै गोरखाका ४२ जनाको उजुरी आफ्नो कार्यालयमा परेको सुरक्षित आप्रवासन परियोजना ९सामी०का नारायण अर्यालले बताए।

उनका अनुसार दुबईमा १६ जना, साउदी अरबमा १४ जना र मलेसियामा अलपत्र परेका १२ जनाको उजुरी परेको हो। अर्यालले भने, ‘घटना त अनगिन्ती छन् तर सबैको यहाँ उजुरी परेको छैन।’ झन् बढी दुःख दिन्छन् कि भन्ने डरले र इज्जतमा दाग लाग्छ कि भन्ने शंकाले उजुरी गर्ने प्रचलन नरहेको अर्यालको टिप्पणी छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.