भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

स्वास्थ्यकर्मीमाथि राज्यको शोषण (सरकारबाट घोषित जोखिम भत्तासमेत पाएनन् )


  • भाद्र २१, २०७७
  • 716 Views
स्वास्थ्यकर्मीमाथि राज्यको शोषण (सरकारबाट घोषित जोखिम भत्तासमेत पाएनन् ) image

काठमाडौं ।अग्रपंक्तिमा खटिएर संक्रमितको सेवा गर्ने स्वास्थ्यकर्मीले सरकारबाट घोषित जोखिम भत्तासमेत पाएका छैनन्, बिमा भएको छैन । कतिपय अस्पतालमा त नियमित तलबसमेत रोकिएको छ । यो प्रतिकूल अवस्थामा पनि स्वास्थ्यकर्मीले आफ्नो धर्म छाडेका छैनन् ।

प्रसंग टेकु अस्पतालको
नेपालमा संक्रामक रोगको उपचार गर्ने अस्पताल हो सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु । ९ माघमा नेपालमा पहिलो संक्रमण देखिएयता यो अस्पतालका स्वास्थ्यकर्मी महिनौँसम्म घर नगई संक्रमितको उपचारमा खटिएका छन् । तर, टेकु अस्पतालमै कार्यरत स्वास्थ्यकर्मीले मासिक तलबसमेत नियमित पाएका छैनन् । सरकारले स्वास्थ्यकर्मीहरूलाई उनीहरू खट्ने क्षेत्र हेरेर १००, ७५ र ५० प्रतिशतसम्म जोखिम भत्ता दिने निर्देशिका जारी गरेको थियो ।

‘भत्ता त परको कुरा, नियमित तलबसमेत दुई महिनादेखि पाएका छैनौँ, स्वास्थ्यकर्मीको मनोबल के छ भनेर सोचिदिने कोही छैन,’ एक चिकित्सकले भने । अस्पतालका निर्देशक डा। सागर राजभण्डारी बजेट नआएका कारण दुई महिनादेखि तलब दिन नसकिएको बताउँछन् । ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि अस्पतालको नयाँ योजना बनाउनुपर्छ, त्यसैले ढिला भएको हो । तर, सकेसम्म छिटो दिने प्रयासमा छौँ ।’ भत्ता भने मन्त्रालयबाट माग गरिएकाले कहिले आउँछ भनेर आफूले भन्न नसक्ने उनले बताए ।

प्रसंग शिक्षण अस्पतालको
शिक्षण अस्पताल महाराजगन्जका चिकित्सक तथा नर्स पनि कोरोना संक्रमितको उपचारमा निरन्तर जुटेका छन् । संघीय अस्पताल त्यसमा पनि लेभल थ्रीको यो अस्पतालका स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता पाएका छैनन् । मासिक तलब भने अस्पतालले समयमा नै खुवाएको कोभिड संयोजक डा। सन्तकुमार दास बताउँछन् । शिक्षण अस्पतालले बारम्बार ताकेता गरे पनि स्वास्थ्य मन्त्रालयले भत्ता पठाएको छैन ।

प्रसंग सिभिल अस्पतालको
कोरोना महामारीको समयमा सेवा–सुविधाको माग गर्दै सिभिल अस्पतालका कर्मचारी एक सातादेखि आन्दोलनमा छन् । ‘सरकारले तोकेअनुसार तलब र सेवा–सुविधा छैन, यस्तो जोखिममा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीको बिमासमेत गरिएको छैन । हामीले पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएका हौँ,’ सिभिल अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए ।

प्रसंग कोसी अस्पतालको
विराटनगरस्थित कोसी अस्पतालका स्वास्थ्यकर्मीहरूले पनि जोखिम भत्ता पाएका छैनन् । कोसीमा चिकित्सकसहित २५ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । उनीहरू निको भएर पनि सेवामा खटिएका छन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ‘फ्रन्टलाइन’मा खटिने स्वास्थ्यकर्मीलाई सरकारले दिने भनेको भत्तासमेत नपाएपछि काम गर्ने मनस्थिति हराउँदै गएको चिकित्सक बताउँछन् ।

प्रसंग नोबेल शिक्षण अस्पतालको
१० भदौमा विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत ५५ नर्स र पारामेडिक्सले सामूहिक राजीनामा दिए । महामारीमा रातदिन काम गर्दा पनि अतिरिक्त जोखिम भत्ता मात्र होइन, पारिश्रमिकसमेत समयमा नदिएको, त्रासबीच काम गर्न बाध्य बनाइएको, कोराना संक्रमित नर्सलाई समेत अस्पतालको आइसोलेसनमा राख्न नमानेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

अस्पताल व्यवस्थापनले न्यूनतम मानवीय व्यवहारसमेत नगरेको भन्दै श्रमको चर्को शोषण भइरहेको आरोप लगाएका छन् । ‘नगन्य तलबमा काम गरिरहेका दर्जनौँ नर्सले महिनौँदेखिको तलब पाएका छैनौँ,’ राजीनामा दिएकी एक नर्सले भनिन्, ‘हामीलाई न्यूनतम मानवीय व्यवहारसमेत भएन ।’ उनले आफू संक्रमित हुँदा अस्पतालले आइसोलेसन बेडसमेत नदिएको बताइन् ।

प्रसंग वीर अस्पतालको
सरकारको सबैभन्दा पुरानो र ठूलो अस्पताल वीरका स्वास्थ्यकर्मीले कोरोना महामारीमा सरकारबाट सहयोगको अनुभूति गर्न पाएका छैनन् । हालसम्म अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरेर ७५ भन्दा बढी संक्रमित भइसकेका छन् । राज्यबाट सुरक्षाका कुनै पनि सामग्री नपाएको कारण पनि धेरै संक्रमित हुन पुगेको चिकित्सकको बुझाइ छ ।

कोभिड संक्रमितको उपचारमा खटिएका डा। भवेन्द्र कार्की भन्छन्, ‘पिपिईको व्यवस्था नहुँदा हरेक समय मृत्यु सम्झिँदै सेवा गर्नुपरेको छ । दिनरात बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीले आजसम्म पनि जोखिम भत्ता पाएका छैनन् ।’ तर, स्वास्थ्यकर्मीको यो आवाजलाई समेत सरकारले सुनको छैन ।

प्रसंग मनमोहन शिक्षण अस्पतालको
टोलमा भएको ग्याङफाइटपछि घाइते भएका युवालाई स्वयम्भूस्थित मनमोहन शिक्षण अस्पताल भर्ना गरिएको थियो । तर, अर्को समूह घाइते खोज्दै अस्पताल पुगेर फेरि आक्रमण ग¥यो । राति आकस्मिक कक्षमै भिडन्त भयो । यो क्रममा रात्रिकालीन काममा खटिएका चिकित्सक, नर्स तथा अन्य पारामेडिक्समाथि समेत कुटपिट भएको छ ।

नेपाल चिकित्सक संघले अस्पतालभित्र गुन्डागर्दी गर्नेलाई विनासर्त जेल चलान गर्न माग गरेको छ । बाहिरको झडप अस्पतालको बेडमा समेत पुगेको यो घटनाले देशमा कानुनी व्यवस्थाको मजाक उडाएको मात्र छैन, स्वास्थ्यकर्मीलाई पनि त्रसित बनाएको छ ।

स्वास्थ्यकर्मीमाथि राज्यको शोषण
कोभिडको सबैभन्दा ठूलो औषधि नै मनोबल हो । संक्रमितलाई उच्च मनोबल राख्न आग्रह गर्ने हाम्रा डाक्टर र नर्स भने आफैँ उपेक्षित छन् । अग्रपंक्तिमा खटिएर संक्रमितको सेवा गर्ने स्वास्थ्यकर्मीले सरकारबाट घोषित जोखिम भत्तासमेत पाएका छैनन्, धेरैको बिमा भएको छैन । कतिपय अस्पतालमा त नियमित तलबसमेत रोकिएको छ । प्रतिकूल वातावरणमा पनि स्वास्थ्यकर्मीले आफ्नो धर्म छाडेका छैनन् । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.