भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अत्तालिएका जनतामाथि ‘समाजवादी व्यापार’


  • कार्तिक १७, २०७७
  • 534 Views
अत्तालिएका जनतामाथि ‘समाजवादी व्यापार’ image

समाजवादउन्मुख देशको सरकारले नागरिकको उपचारका लागि चौतर्फी ढोका बन्द गरेको छ । निजी अस्पतालहरूमा चरम शोषण भइरहेका वेला सरकारी अस्पतालले दिनमा १५ हजारसम्म लाग्ने सूची सार्वजनिक गरेको छ । महामारीका वेला सरकारी अस्पतालमा दुई लाखसम्म धरौटी जम्मा गरेपछि मात्र जनताले उपचार पाउनेछन् ।

सरुवा रोगको मात्रै उपचार गर्ने टेकु अस्पतालले समेत कोरोना संक्रमितको शुल्क लिएर उपचार गर्ने निर्णय गरेको छ । उपचार पाउन अब संक्रमितले २० देखि ५० हजारसम्म धरौटी राख्नुपर्नेछ । पाटन अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, धुलिखेल अस्पताल, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतले यसअघि नै धरौटी लिने निर्णय गरिसकेका छन् । टेकु अस्पतालमा कार्यरत चिकित्सकहरूका अनुसार त्यहाँ पैसा तिर्न नसक्ने गरिब तथा विपन्नले बढी सेवा लिइरहेका छन् ।

कोरोना महामारीमा पनि सेवा लिनेहरू प्रायः त्यही वर्गका छन् । तर, अब भने उनीहरूलाई भर्ना पाउन महाभारत भएको छ । स्वास्थ्य मन्त्रालयले गत ३ कात्तिकमा कोरोना संक्रमितको उपचार खर्च स्वयं व्यक्तिले व्यहोर्नुपर्ने निर्णय गरेपछि देशभरका सरकारी र निजी अस्पतालहरूले बिरामीले धरौटी रकम जम्मा गरेपछि मात्रै भर्ना लिने निर्णय गरेका थिए ।

निजी अस्पतालले एकदेखि दुई लाखसम्म र सरकारी अस्पतालले २० हजारदेखि दुई लाखसम्म धरौटी रकम लिने निर्णय गरेर बिरामीबाट रकम असुलिरहेका छन् । टेकु अस्पतालले भने त्यस्तो निर्णय गरेको थिएन, कोरोना संक्रमितको निःशुल्क उपचार गरिरहेको थियो । तर, स्वास्थ्य मन्त्रालयले पटक–पटक पत्र पठाएर दबाब दिएपछि १४ कात्तिकदेखि शुल्क लिएर मात्रै उपचार गर्ने निर्णय गरेको छ । नयाँ पत्रिकाबाट

 


Thali Mobile Pvt.Ltd.