भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गोदाममा चामल कुहिँदै, नागरिक भोकले छटपटाउँदै


  • भाद्र २३, २०७७
  • 531 Views
गोदाममा चामल कुहिँदै, नागरिक भोकले छटपटाउँदै image

काठमाडौं । बन्दाबन्दीका कारण काम नपाएपछि भोकै रहन बाध्य सिराह सखुवानान्कारकट्टीका सुकुमबासी मण्डल र गुलावलेवी मण्डल परिवारका सदस्यको तस्वीर हो भने सिरहाको अर्नामा गाउँपालिकामा थन्काएर राखिएको राहत सामाग्री कुहिदै गरेको अवस्थाको तस्बिरहो माथिको। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका मजदुरलाई राहत प्रदानलगायतमा झन्डै डेढ करोड रुपैयाँ खर्च गरेको हिसाब प्रशासनलाई बुझाएको छ ।

तर, गाउँपालिकाको वडा नम्बर ४ मा बस्ने सुकुमबासीको मुहार भने मलिन छ। सुकुमबासी प्रमीला मण्डलको परिवार घामपानी मुस्किलले छेक्ने छाप्रोमा बस्न थालेको वर्षौं भयो। बाटो छेउकै पाँच हात ऐलानी जग्गामा परालको छानोको छाप्रोमा प्रमीलाको परिवारका ६ जना बस्दै आएका छन्। प्रमीलाको छाप्रोसँगै टाँसिएको आधारभूत विद्यालयको प्रांगणमा सोमबार ‘चु जी’ नामक संस्थाले दिएको राहत गाउँपालिकाले वितरण गर्दै थियो। पहुँचवाला र हुनेखानेसमेतले राहतको पोको हात पारिरहँदा सुकुमबासी प्रमीला भने राहत पाउनुपर्ने सूचीमा थिइनन्।

राहत लिन गएकी उनी रित्तो हात फर्किनुप¥यो।मजदुरीमा अडिएको उनको परिवारको नाम राहत पाउनु सूचीमा नअटाउनुको विडम्बना भएको स्थानीय शैलेन्द्र यादवले बताए। गरिबका लागि राहत आएको हो भने प्रमीला जस्तो गरिब यस वडामा दुर्लभ भेटिन्छन्’ यादवले भने, ‘राहत अन्नपात नहुनेलाई दिने हो कि पहुँच हुनेलाई ?’ पाँच महिनाअघिसम्म प्रमीलाको परिवारमा तीनजना कमाउने थिए। त्यो कमाइबाट उनको घर राम्रोसँग चलेको थियो। अरुथोकको चिन्ता भए पनि चुलो बाल्ने चिन्ता थिएन।

प्रमीला आफू कृषि मजदुरी ९जनबनी० गर्थिन्। उनका पति पवन मण्डल निर्माणको काम गर्थे। एउटा छोरा बुबासँग मजदुरी गर्थे। पहिलो लकडाउन सकिएपछि प्रमीला र पवनले केही दिन काम पाएका थिए तर निषेधाज्ञा सुरुपछि बेकामे भए। काम नभएपछि कमाइ रोकियो, चुलो पनि बल्न बन्द भयो । ‘नम्बरी जग्गा हुनेहरुले राहत सामग्री घर लगें,’ प्रमीलाले भनिन्, ‘मैले बिन्ती गर्दा पनि रित्तो हात फर्किनुप¥यो। राहत माग्न जाँदा गाउँपालिकाका पदाधिकारीले यो गरिबका लागि हो भनेर हप्काएर फर्काउँछन्।

एकबित्ता जग्गा नहुने हामी कसरी धनी भयौं। घरमा खाने अन्न छैन। छाप्रो चुहिँदा टाल्ने सामथर््य छैन। बिरामी पर्दा उपचार गराउने औकात छैन।’ तर गाउँपालिकाको गरिब परिभाषाभित्र प्रमीला जस्ता सुकुमबासी अटाउँदैनन्। गरिबले पाउने सुविधा हामीले गाउँपालिकाबाट कहिल्यैं पाएनौं, उनले भनिन्, ‘घरैअगाडि राहत बाँडे, हुनेखानेले राहतको पोका बोकेर लगे। तर हामी हेरेको हेरै भयौं।’ नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.