भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आगलागीले १० घर जल्दा ६० लाख बराबरको क्षति


  • बैशाख ५, २०८२
  • 241 Views
आगलागीले १० घर जल्दा ६० लाख बराबरको क्षति image

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ ।गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो । जसमा ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए।

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको उनले बताए। आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ ।

त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.