भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

रुस–युक्रेन युद्धमा थप २३ नेपालीको मृत्यु, मृतकको संख्या ७३ पुग्यो


  • बैशाख ३०, २०८२
  • 278 Views
रुस–युक्रेन युद्धमा थप २३ नेपालीको मृत्यु, मृतकको संख्या ७३ पुग्यो image

काठमाडौँ, ३० बैशाख । रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएर युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु भएको पुष्टि भएको छ। यो सँगै युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बेपत्ता भएकामध्ये ५० जनाको डीएनए परीक्षणको नतिजा अझै आउन बाँकी छ।

मस्कोस्थित नेपाली दूतावासले उपलब्ध गराएकाे सूचनाअनुसार पछिल्लो समय मृत्यु पुष्टि भएका नेपालीहरूमा नवलपरासीका हेमकुमार मगर, दार्चुलाका ललितसिंह डोबल, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन, मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्यूठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, बैतडीका अर्जुनदत्त भट्ट, सुर्खेतका सुजन शर्मा र रुकुम पश्चिमका रामकुमार बुढामगर छन्। ठेगाना नखुलेका १० जनामा लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारू, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगर छन्।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनाले अपर्याप्त तालिमका कारण नेपालीहरूलाई खतरनाक क्षेत्रमा पठाउँदा मानवीय क्षति बढेको हो। डीएनए परीक्षणका लागि पठाइएका नमुनामध्ये हालसम्म ८ जनाको मृत्यु पुष्टि भएको छ। बाँकीको नतिजा आउन बाँकी छ।

रुसी सेनामा भर्ती भएका नेपालीहरूको एकवर्षे करार अवधि गत फागुनमा समाप्त भएको छ। नेपाल सरकारको अनुरोधमा रुसले नयाँ भर्ना रोकेको र नेपाली राहदानी बोकेकाको करार नवीकरण नगरेको बताइएको छ। यद्यपि, रुसी नागरिकता लिएका नेपालीको हकमा करार नवीकरण भइरहेको छ।

मृतकका परिवारले क्षतिपूर्ति प्राप्त गर्न जटिल प्रक्रिया सामना गरिरहेका छन्। हालसम्म ११ परिवारले क्षतिपूर्तिका लागि कागजात तयार पारेका छन्। पूर्वराजदूत मिलनराज तुलाधरका अनुसार दूतावासको सहयोगमा क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ।

स्रोत: कान्तिपुर दैनिक

 


Thali Mobile Pvt.Ltd.