भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सशस्त्रको एआईजी बढुवा थप पेचिलो, बर्दीको आडमा ठाडाले केसम्म गरेनन् ?


  • बैशाख ३०, २०८२
  • 272 Views
सशस्त्रको एआईजी बढुवा थप पेचिलो, बर्दीको आडमा ठाडाले केसम्म गरेनन् ? image

सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि आठ डीआईजीको आवेदनले बढुवा प्रक्रिया पेचिलो बनेको छ। सीमा विभाग एक महिनादेखि एआईजीविहीन छ। गृहसचिव गोकर्णमणि दुवाडीको श्रीलंका भ्रमण र फर्काइपछि पनि बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन। नियमावलीअनुसार गृहसचिव अध्यक्ष र सशस्त्र प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद्ले निर्णय गर्छ।

आवेदन दिनेमा नेपाल प्रहरीबाट स्थानान्तरण भएका कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल र सशस्त्रको पहिलो इन्सपेक्टर ब्याचका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेल छन्। गिरी र ठाडामगरबीच मुख्य प्रतिस्पर्धा देखिन्छ, तर गिरीको वरिष्ठताले उनको सम्भावना बलियो छ। सशस्त्रमा हालसम्म वरिष्ठताकै आधारमा बढुवा भएको इतिहास छ।

गणेश ठाडामगर विवादित पात्र मानिन्छन्। उनमाथि छिन्नमस्ता बाहिनीपति हुँदा तस्करीमा संलग्नता, असई सत्यनारायण यादवको हत्या प्रकरणमा गलत सूचना दिने, माओवादी नेताहरूसँग निकटता, सुकुम्बासीबाट रकम असुल्ने, काबेली जलविद्युत् आयोजनाको टावर राख्न अनुचित लाभ लिने, अमेरिकी राष्ट्रपति ट्रम्प र पूर्वराजा ज्ञानेन्द्रमाथि सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको आरोप छ। यी विवादले उनको बढुवामा असर पर्न सक्छ।

यादवको हत्या प्रकरणमा ठाडामगरमाथि अनुसन्धानमा चासो नदिएको र तस्करी खुलाएको आरोप छ। सशस्त्रले गठन गरेको छानबिन समितिले उनलाई स्पष्टीकरण सोध्न सुझाएको थियो, तर माओवादी नेताहरूको दबाबमा कारबाही रोकिएको दाबी छ। यस्तै, झापाको पाडाजुली जग्गामा सुकुम्बासीबाट रकम असुलेको र हाईटेन्सन लाइन राख्न अनुचित लाभ लिएको आरोप पनि उनमाथि छ।

ठाडामगरले शक्तिकेन्द्रमा लबिङ गरिरहेको भए पनि वरिष्ठता र विवादका कारण गिरीको बढुवा सम्भावना बलियो देखिन्छ। सशस्त्रको नियमावली र संसद्मा विचाराधीन विधेयकले भावी नेतृत्वको समीकरणमा प्रभाव पार्न सक्छ।

(साभार: राजधानी दैनिक)

 


Thali Mobile Pvt.Ltd.