DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आज शिक्षक, राप्रपा, सहकारी र लघुवित्त पीडितको आन्दोलन : सडक डाइभर्सन कता गरिँदैछ ?


  • चैत्र २५, २०८१
  • 195 Views
आज शिक्षक, राप्रपा, सहकारी र लघुवित्त पीडितको आन्दोलन : सडक डाइभर्सन कता गरिँदैछ ? image

काठमाडौं,चैत २६। काठमाडौंको विभिन्न स्थानमा हुने आन्दोलनका कारण आज सवारी आवागमन प्रभावित हुने भएको छ। नेपाल शिक्षक महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्ने भएपछि काठमाडौंको सवारी आवागमन प्रभावित हुने भएको हो।गत बुधबारदेखि शिक्षकहरुले विद्यालय शिक्षा ऐनको माग गर्दै माइतिघरबाट बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन्। प्रदर्शनस्थलमा ठूलो संख्यामा शिक्षकको सहभागी भएपनि आन्दोलन शान्तिपूर्ण रहेको छ। सहकारी र लघुवित्त पीडितले शान्तिबाटिकामा कार्यक्रम गर्ने गरेका छन्।

यसैबीच आज राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न स्थानबाट र्‍याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने भएको छ। बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति समेत लिइसकेको छ। सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जनाएको छ। कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

डाइभर्सन गरिने मुख्य स्थानहरु :
  खसिबजार – मकालु -कलंकी- चोक- बाफल
   बल्खु चोक- कुलेश्वर- कालीमाटी चोक- टेकु
  किर्तिपुर- सुन्दरीघाट- सानेपा- एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाईन्टहरु
   त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाईला,
   चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।

प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराउँदै बल्खुमा आन्दोलनरत पक्षलाई पार्किङको समेत जानकारी गराएको छ।

पार्किङ्ग गर्ने स्थानहरु :
  टियू गेटदेखि चोभार सडक
  सानेपा करिडोर सडक (दुबै तर्फ)
  चोभार सुख्खा बन्दरगाह
  नयाँबसपार्क
  सितापाईला – बाफल सडक खण्डमा एक लाइन ।अन्नपूर्ण पोस्टबाट

 


Thali Mobile Pvt.Ltd.