भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जोखना हेर्दै प्रधानमन्त्री


  • भाद्र २०, २०७७
  • 503 Views
जोखना हेर्दै प्रधानमन्त्री image

काठमाडौँ । नेकपा सचिवालय बैठक सुरु हुनुअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच केहीबेर भलाकुसारी भयो । उक्त भलाकुसारीमा प्रधानमन्त्री ओलीले गौतमलाई मैले ‘तपाईंलाई नै राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने सोच बनाएको छु’ भन्ने जानकारी दिए ।

तत्कालै गौतमले ‘मेरो भोलि नै शपथ हुन्छ त रु’ भनेर प्रश्न गरे । गौतमको यो प्रश्नमा ओलीको जवाफ थियो, ‘भोलि नै शपथ गराउँछु भन्ने त छैन तर म तपाईंलाई राष्ट्रिय सभामा पठाउँछु ।’ ओली र गौतमबीचको यो संवादपछि नेकपा सचिवालय बैठक बस्यो । बैठकमा पनि प्रधानमन्त्री ओलीले त्यही जानकारी गराउँदै भने, ‘मैले हाम्रो पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सोच बनाएको छु ।’

पछिल्लोपटक गौतमको साटो युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्य बनाउने सन्दर्भमा आफ्नै कित्तामा रहेका ईश्वर पोखरेलले समेत साथ नदिने संकेत पाएपछि सचिवालयमा लगभग एक्लिएका प्रधानमन्त्री ओलीले यसका विरुद्धमा गएर प्रस्ताव राख्दा र अभिव्यक्ति दिँदा मात्रै पनि व्यापक आलोचना हुने सम्भावना रहन्थ्यो । पछिल्लोपटक आफूलाई असहयोग गर्नेमा पोखरेलसमेत रहेको खतिवडाले उनका निकटस्थहरूलाई बताइसकेका छन् ।

सम्भावित आलोचना टार्न मात्रै प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएको पुष्टि शुक्रबारको मन्त्रिपरिषद् बैठकमा गरिदिएका छन् । गौतमलाई प्रधानमन्त्री ओलीले दिएको उक्त ‘डिप्लोम्याटिक’ जवाफको कारण खुल्न थालेको छ किनभने ओलीले आफ्ना निकटस्थहरूलाई बताएअनुसार राष्ट्रिय सभामा गौतम जान त जानेछन् तर केही समयपछि मात्रै । यद्यपि बिहीबार कान्तिपुरसँग कुरा गर्दै उपाध्यक्ष गौतमले शुक्रबारकै मन्त्रिपरिषद्ले आफ्नाबारेमा निर्णय गर्ने र शपथ लिइहाल्ने बताएका थिए ।

तर मन्त्रिपरिषद्मा गौतमको सिफारिस त के, चर्चासम्म पनि भएन । ‘अर्थमन्त्री युवराज खतिवडाज्यूको २१ गते संविधानअनुसारै कार्यकाल सकिने हो, त्यसैले हतारहतारमा उहाँको बिदाइका लागि क्याबिनेट डाकियो,’ ओलीनिकट एक मन्त्रीले भने, ‘६ महिनादेखि खाली रहेको राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने कुरा त के हतारो भयो र, एक दिनको सट्टा दुई दिन होला, दुई दिनको सट्टा तीन दिन होला, हप्ता दिन पनि लम्बेला ।’कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.