भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पहिरोको जोखिममा ४ हजार ७२० घरधुरी


  • भाद्र १६, २०७७
  • 479 Views
पहिरोको जोखिममा ४ हजार ७२० घरधुरी image

काठमाडौं । भूकम्पका कारण जोखिममा परेकामध्ये सबैभन्दा बढी गोरखाका एक हजार एक सय ६१ घरधुरी र सिन्धुपाल्चोकका ७१ बस्ती स्थानान्तरण सूचीमा छन् । जमिन र वर्षात्को पानी व्यवस्थापन गरेर बस्ती सुरक्षित गर्न सकिने उपाय अपनाउनसमेत सरकारले बेवास्ता गर्दा पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ ।

जोखिममा रहेका सबै बस्तीको पहिचान अझै भइसकेको छैन । गुल्मी काशिलाबाँझका युद्धवीर विश्वकर्मा भन्छन्, ‘सबैले खोलो तरेपछि लौरो बिर्सने रहेछन् । मिडियाले सोध्छन्, तर आफैँले मत दिएर जिताएकाले एकपटक पनि सोधीखोजी गरेनन् ।’ गुल्मी मालिका–२ दर्लिङको काशिलाबाँझ गाउँमा ०७२ मा खसेको पहिरोले करिब ३५ दलित परिवारलाई उठीबास लगायो ।

उनीहरू केही समय खुला चउरमा बसे । तर, सरकारले पुनःस्थापनामा चासो नदेखाएपछि पहिरो पन्छाएर जोखिमपूर्ण ठाउँमै बसिरहेका छन् । म्याग्दी रघुगंगा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ बैँसरीमा भूकम्पपछि पहिरो खस्यो । अन्यत्र जाने विकल्प नभएपछि त्यहाँका बासिन्दा पनि पहिरो खसकै ठाउँमा फर्केका छन् ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ तार्सा गाउँमाथिका दुई ठूला डाँडा बीचमा चिरिएका छन् । गाउँमुनिबाट पनि पहिरो खसिरहेको छ । २५ घरधुरी त्रासमा जीवनयापन गरिरहेका छन् । भूगर्भविद्ले यी गाउँ तत्काल स्थानान्तरण गर्न सिफारिस गरेका छन् । तर, त्यसको प्रक्रिया अझै सुरु भएको छैन । जनप्रतिनिधिले पनि आफूहरूको पीडा बिर्सेको गुल्मी काशिलाबाँझका युद्धवीर विश्वकर्मा बताउँछन् ।

भन्छन्, ‘सबैले खोलो तरेपछि लौरो बिर्सने रहेछन् । मिडियाले सोध्छन्, तर आफैँले मत दिएर जिताएकाले एकपटक पनि सोधीखोजी गरेनन् ।’ १२ वैशाख ०७२ को भूकम्प र त्यसपछिका परकम्पनका कारण पहाडी क्षेत्रका बस्ती पहिरोको जोखिममा रहेका यी थोरै उदाहरण हुन् । ती बस्तीलाई अन्यत्र सार्न सरकारी तदारुकता नदेखिँदा त्रासमै बसिरहेका छन्, स्थानीयवासी ।

जमिन व्यवस्थापन गरेर राख्न सकिने बस्तीमै सरकारी कार्यक्रम पुगेका छैनन् । र, जनधनको क्षति बढ्दो छ । सिन्धुपाल्चोक जुगल–२ लिदी गाउँ त्यही सरकारी ढिलासुस्तीको सिकार बन्यो । बायो इन्जिनियरिङ गरेर बस्ती सुरक्षित गर्न सरकारी निकायले चासो नदिँदा ३० साउनमा खसेको पहिरोले गाउँ नै बगायो । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.