काठमाडौँ । एक वर्षअघि मोटरसाइकलको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा पास गर्नुभएका नवलपरासीका विमल पौडेल लाइसेन्स तयार भयो भनेर ‘म्यासेज’ आएपछि एक हप्ताअघि एकान्तकुना कार्यालयमा जानुभयो तर एकान्तकुना कार्यालयले भने लाइसेन्स आएको छैन भनेर फर्काइदियो ।
चार विदेशी संस्था आउँदै,स्वदेशी पर्यवेक्षण संस्थालाई कडाइ
पौडेलजस्तै यातायात कार्यालय पुगेर फर्किनेको सङ्ख्या दैनिक हजारौँ हुन्छ । खासमा लाइसेन्स नछापिएको होइन वितरण गर्ने कार्यालय लिन नगएर नै सेवाग्राही सास्तीमा छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुना र मीनभवनस्थित यातायात व्यवस्था विभागको दूरी करिब पाँच किलोमिटर मात्रै हो । सडकमा सवारी चाप रहेका बेला पनि गाडीमा २० मिनेटको बाटो हो तर एकान्तकुना कार्यालयका कर्मचारी महिनौँदेखि लाइसेन्स बुझ्न नआउँदा पाँच हजारप्रति लाइसेन्स विभागमै थन्किएका छन् ।
झन्डै ७३ हजार लाइसेन्स सम्बन्धित कार्यालयबाट बुझ्न नआएका कारण बेवारिसे । डेढ वर्षसम्म लासेन्स प्रिन्ट नहुदाँ सेवाग्राहीहरु अन्यत्र गई सकेको हुने र प्रिन्ट भएको खबर सहज रुपमा विभागले नदिने गर्नाले लाइसेन्सको चाङ लाग्ने गरेको गुनासो । प्रत्येकलाई लाइसेन्स प्रिन्ट भएको जानकारी सिधा सम्पर्क बाट दिनुपर्ने त्यसपछि लिन नआए अन्य कारवाही प्रक्रिया चलाउनुपर्ने सुझाव । विभागका निर्देशक श्रीचन्द्र साहले भन्नुभयो, “प्रिन्ट भइसकेपछि सम्बन्धित कार्यालयमा लाइसेन्स लिन आउनुस् भनेर फोन नै गर्छौं तर लिन कोही आउँदैनन् ।” एकान्तकुना कार्यालय एक महिनादेखि लाइसेन्स लिन गएको छैन ।
एकान्तकुना कार्यालय प्रमुख राजकुमार कपालीले भने विभागबाट लाइसेन्स लिइरहेको बताउनुभयो । उहाँका अनुसार एकान्तकुनाबाट वितरण हुन बाँकी ३२ हजारप्रति लाइसेन्स कार्यालयमै छ ।
एकान्तकुना मात्र होइन उपत्यकामा रहेका अन्य यातायात कार्यालयका कर्मचारी पनि लाइसेन्स लिन जाँदैनन् । चाबहिल कार्यालयका झन्डै तीन हजार पाँच सयप्रति साइसेन्स विभागमै थन्किएका छन् । चितवनस्थित यातायात कार्यालयका तीन हजार पाँच सय लाइसेन्स प्रिन्ट भएर बसेका छन् तर महिनौँ भइसक्यो कर्मचारी लिन आएका छैनन् ।
मासिक ९० हजारप्रति लाइसेन्स प्रिन्ट हुन्छ । मासिक झन्डै एक लाख पचास हजारप्रति लाइसेन्सको माग छ ।
यातायात व्यवस्था कार्यालय सेतीका सात हजार पाँच सय लाइसेन्स प्रिन्ट भएका छन् तर लिन आएको छैन । वीरगञ्जका चार हजार पाँच सय लाइसेन्स प्रिन्ट भएको तीन महिना हुन थाल्यो तर सम्बन्धित कार्यालयले कुनै चासो नदिएको विभागका कर्मचारीको गुनासो छ । त्यस्तै राप्ती कार्यालयका दुई हजार पाँच लाइसेन्स छन् । इलामका दुई हजार र रुपन्देहीको एक हजार पाँच सय लाइसेन्स विभागमा थन्किएका छन् । सूचना गर्दा पनि यी कार्यालयबाट लाइसेन्स बुझ्न नआएको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालय कर्मचारीको लापरबाहीका कारण सेवाग्राहीले सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० पाउन सकिरहेका छैनन् । छापेर राखिएका लाइसेन्ससमेत कर्मचारीको लापरबाहीले गर्दा वितरण हुन सकिरहेको छैन । झन्डै ७३ हजार लाइसेन्स सम्बन्धित कार्यालयबाट बुझ्न नआएका कारण बेवारिसे जस्तै भएका छन् । तयार भएका लाइसेन्स लिन नजाने तर सेवाग्राहीलाई भने तयार भएको छैन भन्दै फर्काउने काम यातायात व्यवस्था कार्यालयका कर्मचारीले गरिरहेका छन् । गोरखापत्र दैनिकबाट….
