भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मकवानपुरमा करेन्ट लाग्दा २ जना बालिकाको मृत्यु, छुरा प्रहारवाट एक जना घाइते


  • आश्विन २७, २०८१
  • 273 Views
मकवानपुरमा करेन्ट लाग्दा २ जना बालिकाको मृत्यु, छुरा प्रहारवाट एक जना घाइते image

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ मा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ। करेन्ट लागेर बारा निजगढ नगरपालिका १ बस्ने अन्दाजी ९ वर्षीया बालिका र मकवानपुर हेटौडा १६ बस्ने अन्दाजी ७ वर्षीया बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाइएको छ।

शनिबार दिउँसो हेटौंडा १६ चिसापानी चोकबाट २०० मिटर पश्चिम दक्षिण पर्ने कबर्ड हलको छेउमा ११ के।भीको पिन इन्सुलेटर भाँचिएको थियो । इन्सुलेटर भाँचिएर फलामको पोलमा सर्ट भई पोल हुदै पोलको फेदमा जमेको पानिमा विद्युत प्रवाह हुदा पोल नजिक जमेको पानी भएर हिडिरहेका २ बालबालिकाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । यता काठमाडौं(तराई(मधेश द्रुतमार्ग निर्माणको काममा खटिएका मजदुरबीच झगडा हुँदा एक जना छुरा प्रहारको कारण घाइते भएका छन् ।

द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा मजदुरबीच भएको झगडामा छुरा प्रहार हुँदा ओखलढुङ्गा जिल्लाका २५ वर्षीय निम शर्मा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बागमती प्रहरीका अनुसार कैलाली धनगढीका २६ वर्षीय करण रानाले शर्मालाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट शर्माको दायाँ हातको नाडीको नशा काटिएकोमा हेटौँडास्थित सन्चो अस्पतालमा उपचार भइरहेको छ । मकवानपुर ठिंगन इलाका प्रहरीले छुरा प्रहार गर्ने रानालाई पक्राउ गरेको जनाएको छ । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.