भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राष्ट्रपति निर्वाचनः आज १२ बजेसम्म मतदाताविरुद्ध उजुरी दिन सकिने


  • फाल्गुन ११, २०७९
  • 264 Views
राष्ट्रपति निर्वाचनः आज १२ बजेसम्म मतदाताविरुद्ध उजुरी दिन सकिने image

काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज १२ बजेसम्म मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

दाबी, विरोध, उजुरी लगायतका काम आज १२ बजेसम्म गर्न सकिने छ। त्यसै गरी आजै १२ बजेदेखि अपराह्न ३ बजेसम्म आवश्यक जाँचबुझ गरिनेछ। भोलि ३ देखि ४ बजेसम्म अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ।

यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.