भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

साइपालका स्थानीय भोकै, खाद्यान्‍न माग्दै बच्चा बाेकेर उपाध्यक्ष र वडाध्यक्ष काठमाडौंमा


  • चैत्र ६, २०७७
  • 603 Views
साइपालका स्थानीय भोकै, खाद्यान्‍न माग्दै बच्चा बाेकेर उपाध्यक्ष र वडाध्यक्ष काठमाडौंमा image

काठमाडौँ । भौगोलिक रूपमा विकट गाउँपालिका । यातायात सडक सञ्जालले पनि नजोडिएको । त्यसमाथि प्राकृतिक विपद् आइलाग्दा बझाङको साइपाल गाउँपालिकाका झन्डै ६१० घरपरिवार भोकमरीको चपेटामा छन् ।

यो गाउँपालिकामा गत कात्तिकयता एक दिन मात्रै पानी पर्‍यो । पानी नभएपछि अन्न बाली फलेन । भोकमरीको मारमा परेपछि गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्ष खाद्यान्न माग्दै काठमाडौं आइपुगेका छन् । काठमाडौं आउनेमा पालिका उपाध्यक्ष कल्पनादेवी बोहरा, वडा १ का अध्यक्ष गोपाल बोहरा, २ का अध्यक्ष हरिलाल बोहरा, ३ का अध्यक्ष जगवीर बोहरा र ४ का जयसिंह रोकाया छन् ।

उपाध्यक्ष बोहराले साथमा एक वर्षको बच्चा पनि ल्याएकी छन् । ‘खेती भनेको गहुँ, जौ, कोदो र मकै हो तर खडेरीले केही उम्रिएन, उम्रेको केही बाली पनि सुक्यो,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलसमक्ष बिहीबार गाउँका पीडा सुनाउँदै उपाध्यक्ष बोहराले भनिन्, ‘पुस–माघबाटै खाद्यान्न अभाव भइसकेको छ ।

केहीले खाद्यको चामल आए तिरौंला भनेर व्यापारीबाट पैंचो चामल मागेर खाइरहेका छन् ।’ गाउँपालिकामा ५ वटा वडा छन् । वडा १ र २ मा करिब १५० घरपरिवार बसोबास गरिरहेको बोहराले जानकारी दिइन् । वडा ३ मा करिब १६० परिवार, ४ मा २०० र ५ मा करिब १०० घरधुरी छन् । यो क्षेत्र चीनको सीमानजिकै छ । आवश्यक अन्य वस्तु गाउँलेले चीनबाट किन्थे तर पछिल्लो समय नाका बन्द छ ।

जसले गर्दा उनीहरू थप समस्यामा परेका हुन् । ‘जडीबुटीबाट अलिअलि कमाइ हुन्थ्यो र चामल खान्थ्यौं । यसपालि जडीबुटी भएन, बाली फलेन,’ बोहराले भनिन्, ‘त्यही भएर पनि भोकमरी भयो । कसै–कसैको घरमा एक दाना पनि चामल छैन ।’ बोहराका अनुसार सरदमुकामबाट गाउँपालिकासम्म पुग्न हिँडेर ३ दिन लाग्छ । माथिल्लो वडासम्म पुग्न ४–५ दिन लाग्छ ।

वडाध्यक्षहरू नै ५ दिन हिँडेर सदरमुकाम आइपुगेका हुन् । सदरमुकामबाट धनगढी र धनगढीबाट काठमाडौं आउँदा बाटोमै ७ दिन गएको छ । वडा २ का अध्यक्ष बोहराले यस वर्ष खडेरीले समस्या पारेको गुनासो गरे । ‘गाउँमा भोकमरी सुरु भएको छ, खान–लाउन धेरै समस्या भयो,’ उनले भने ।

बझाङ सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अस्थायी डिपो भए पनि हिँडेरै जान ३ दिन लाग्छ । एउटा वडा कार्यालयबाट अर्को वडा कार्यालय पुग्न पनि एक दिन लाग्ने उनले बताए । उनीहरूले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला विकलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । राज्यमन्त्री विक बझाङकै हुन् । उनले माग सम्बोधन गर्ने आश्वासन दिएको वडाध्यक्ष बोहराले बताए ।

यो समाचार कान्तिपुर छ ।

 


Thali Mobile Pvt.Ltd.