भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

माघे सङ्क्रान्तिको चहलपहल: कालिमाटी र असनमा तरुल, सखरखण्ड र पिँडालुको व्यापार बढ्यो

माघे सङ्क्रान्तिको चहलपहल: कालिमाटी र असनमा तरुल, सखरखण्ड र पिँडालुको व्यापार बढ्यो

काठमाडौं, १ माघ ।  माघे सङ्क्रान्ति पर्व नजिकिँदै जाँदा राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजार र असन बजारमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु र तिलको लड्डुजस्ता परम्परागत खाद्य वस्तुको व्यापार बढेको छ। चाडको पूर्वसन्ध्यामा उपभोक्ताको चहलपहल बढेसँगै बजारमा किनमेलको चाप देखिएको छ।

माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने यो पर्व नेपालका प्रमुख चाडमध्ये एक हो। ज्योतिष शास्त्रअनुसार सौर्यमासको हिसाबले यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिन्छ।

माघे सङ्क्रान्तिका दिन विशेषगरी माटोमुनि फल्ने तरुल, सखरखण्ड र पिँडालु, साथै चाकु र तिलको लड्डु खाने परम्परा छ। तरुल र सखरखण्ड दुवै कन्दमूल (माटोमुनि फल्ने आहार) हुन् र कार्बोहाइड्रेटका राम्रो स्रोत मानिन्छन्। यही कारण चाड नजिकिँदै जाँदा यी वस्तुको माग उल्लेख्य रूपमा बढ्ने गरेको छ।

माघे सङ्क्रान्तिको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड, पिँडालु तथा चाकुको बिक्री बढेको छ। कालिमाटी तरकारी बजारका विभिन्न स्टलमा अहिले ढकको २०० देखि ५०० रुपैयाँसम्ममा विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ। व्यापारीका अनुसार यहाँ मुख्यतया सर्लाही, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकबाट तरुल आपूर्ति हुने गरेको छ।

पुस मसान्तमा कन्दमूल पकाएर राख्ने र माघे सङ्क्रान्तिमा खाने परम्परा रहेको छ। यही सांस्कृतिक अभ्यासका कारण प्रत्येक वर्ष यस समयमा तरुल, सखरखण्ड र पिँडालुको व्यापारले गति लिने गरेको व्यवसायीहरू बताउँछन्।

 


Thali Mobile Pvt.Ltd.