भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माघे सङ्क्रान्तिको चहलपहल: कालिमाटी र असनमा तरुल, सखरखण्ड र पिँडालुको व्यापार बढ्यो

माघे सङ्क्रान्तिको चहलपहल: कालिमाटी र असनमा तरुल, सखरखण्ड र पिँडालुको व्यापार बढ्यो

काठमाडौं, १ माघ ।  माघे सङ्क्रान्ति पर्व नजिकिँदै जाँदा राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजार र असन बजारमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु र तिलको लड्डुजस्ता परम्परागत खाद्य वस्तुको व्यापार बढेको छ। चाडको पूर्वसन्ध्यामा उपभोक्ताको चहलपहल बढेसँगै बजारमा किनमेलको चाप देखिएको छ।

माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने यो पर्व नेपालका प्रमुख चाडमध्ये एक हो। ज्योतिष शास्त्रअनुसार सौर्यमासको हिसाबले यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिन्छ।

माघे सङ्क्रान्तिका दिन विशेषगरी माटोमुनि फल्ने तरुल, सखरखण्ड र पिँडालु, साथै चाकु र तिलको लड्डु खाने परम्परा छ। तरुल र सखरखण्ड दुवै कन्दमूल (माटोमुनि फल्ने आहार) हुन् र कार्बोहाइड्रेटका राम्रो स्रोत मानिन्छन्। यही कारण चाड नजिकिँदै जाँदा यी वस्तुको माग उल्लेख्य रूपमा बढ्ने गरेको छ।

माघे सङ्क्रान्तिको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड, पिँडालु तथा चाकुको बिक्री बढेको छ। कालिमाटी तरकारी बजारका विभिन्न स्टलमा अहिले ढकको २०० देखि ५०० रुपैयाँसम्ममा विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ। व्यापारीका अनुसार यहाँ मुख्यतया सर्लाही, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकबाट तरुल आपूर्ति हुने गरेको छ।

पुस मसान्तमा कन्दमूल पकाएर राख्ने र माघे सङ्क्रान्तिमा खाने परम्परा रहेको छ। यही सांस्कृतिक अभ्यासका कारण प्रत्येक वर्ष यस समयमा तरुल, सखरखण्ड र पिँडालुको व्यापारले गति लिने गरेको व्यवसायीहरू बताउँछन्।

 


Thali Mobile Pvt.Ltd.