भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अनेक प्रकरण ढाकछोप गर्न रवि लामिछानेले गृहमन्त्री पद खोजेको महेश बस्नेतको आरोप

अनेक प्रकरण ढाकछोप गर्न रवि लामिछानेले गृहमन्त्री पद खोजेको महेश बस्नेतको आरोप

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनेक प्रकरण ढाकछोप गरेर जोगिनका लागि गृहमन्त्री पद चाहिएको आरोप लगाएका छन् । बिहीवार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ इन्चार्जलाई स्वागत तथा पुरानो इन्चार्जलाई बिदाई गर्न आयोजना गरेको कार्यक्रममा उनले आईजीपी अमेरिका गएका वेला प्रहरीमा विद्रोह गर्न लगाउने योजनासमेत रास्वपा अध्यक्ष लामिछानेले बनाएको आरोप लगाएका छन्।

बस्नेतले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन गर्न लागिएको बताए। उनले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरुलाई नियन्त्रण गर्न संविधान संशोधन गरिने बताए । उनले देशमा राजनीतिक स्थिरता दिन कांग्रेस–एमाले सत्ता सहकार्य भएको बताए। एमाले र कांग्रेस चुनावअगाडि अन्य दलहरुसँग सहकार्य नगर्ने कुरामा प्रतिबद्ध भएको पनि उनको भनाइ छ।

उनले निर्वाचनसँग सम्बन्धित कानूनहरु संशोधन गरेर जाने बताए। उनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

 


Thali Mobile Pvt.Ltd.