भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

डुङ्गा दुर्घटनामा परी ३४ रोहिङ्ग्या शरणार्थीको मृत्यु

डुङ्गा दुर्घटनामा परी ३४ रोहिङ्ग्या शरणार्थीको मृत्यु

काठमाडौं । युद्धग्रस्त म्यानमारबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी ३४ जना रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ । बङ्गलादेशको नदीमा भएको दुर्घटनामा शुरूमा बालबालिकासहित १० जनाको शव तत्काल निकालिएको थियो । अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ ।

उनीहरू म्यानमारको रखाइन राज्यको आफ्नै गाउँबाट भागेका र उनीहरू चढेको सानो पानीजहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । डुङ्गामा म्यानमारबाट आएका मुस्लिम रोहिङ्ग्याहरू रहेका थिए ।

पछिल्लो केही हप्तामा म्यानमारको रखाइन राज्यमा भएको युद्धका कारण एक हजार जना रोहिङ्ग्या शरणार्थी बङ्गलादेशतर्फ भागेका छन् । बङ्गलादेशमा झन्डै १० जना लाख रोहिङ्ग्याले शरण लिएका छन् जसमध्ये धेरै सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.