भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

डुङ्गा दुर्घटनामा परी ३४ रोहिङ्ग्या शरणार्थीको मृत्यु

डुङ्गा दुर्घटनामा परी ३४ रोहिङ्ग्या शरणार्थीको मृत्यु image

काठमाडौं । युद्धग्रस्त म्यानमारबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी ३४ जना रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ । बङ्गलादेशको नदीमा भएको दुर्घटनामा शुरूमा बालबालिकासहित १० जनाको शव तत्काल निकालिएको थियो । अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ ।

उनीहरू म्यानमारको रखाइन राज्यको आफ्नै गाउँबाट भागेका र उनीहरू चढेको सानो पानीजहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । डुङ्गामा म्यानमारबाट आएका मुस्लिम रोहिङ्ग्याहरू रहेका थिए ।

पछिल्लो केही हप्तामा म्यानमारको रखाइन राज्यमा भएको युद्धका कारण एक हजार जना रोहिङ्ग्या शरणार्थी बङ्गलादेशतर्फ भागेका छन् । बङ्गलादेशमा झन्डै १० जना लाख रोहिङ्ग्याले शरण लिएका छन् जसमध्ये धेरै सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए । एजेन्सी

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda