भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

तेस्रो पटक प्रधानमन्त्री बन्दै मोदी, आइतबार शपथ लिने

तेस्रो पटक प्रधानमन्त्री बन्दै मोदी, आइतबार शपथ लिने image

काठमाडौं । भारतमा तेस्रो पटक नरेन्द्र मोदी प्रधानमन्त्री हुने तयारीमा छन्। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनका दलहरूको सहयोगमा मोदी प्रधानमन्त्री बन्न लागेका हुन्। मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल र चन्‍द्रबाबु नायडू प्रमुख रहेको तेलगु देसम पार्टीले बुधबार लिखित सहमति नै गरिसकेका छन्।

उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमै थिए। प्रधानमन्त्रीमा दाबी गरेर मोदीले आइतबार नै शपथ लिन खोजेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार नेशनल डेमोक्रेटिक अलायन्सका नेता मोदीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्।

सरकार गठनका लागि एनडिएका दलहरूबीच छलफल भइरहेको छ। भारतीय जनता पार्टीका नेताहरू अमित शाह र राजनाथ सिंह पार्टी अध्यक्ष जेपी नड्डाको घरमा छन्। भाजपाका सांसदहरू र मुख्यमन्त्रीहरूलाई छलफल गर्न नयाँ दिल्लीमा बोलाइएको छ। उनीहरूसँग शुक्रबार बिहान साढे १० बजे छलफल गर्ने तयारी छ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.