भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

तेस्रो पटक प्रधानमन्त्री बन्दै मोदी, आइतबार शपथ लिने

तेस्रो पटक प्रधानमन्त्री बन्दै मोदी, आइतबार शपथ लिने

काठमाडौं । भारतमा तेस्रो पटक नरेन्द्र मोदी प्रधानमन्त्री हुने तयारीमा छन्। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनका दलहरूको सहयोगमा मोदी प्रधानमन्त्री बन्न लागेका हुन्। मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल र चन्‍द्रबाबु नायडू प्रमुख रहेको तेलगु देसम पार्टीले बुधबार लिखित सहमति नै गरिसकेका छन्।

उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमै थिए। प्रधानमन्त्रीमा दाबी गरेर मोदीले आइतबार नै शपथ लिन खोजेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार नेशनल डेमोक्रेटिक अलायन्सका नेता मोदीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्।

सरकार गठनका लागि एनडिएका दलहरूबीच छलफल भइरहेको छ। भारतीय जनता पार्टीका नेताहरू अमित शाह र राजनाथ सिंह पार्टी अध्यक्ष जेपी नड्डाको घरमा छन्। भाजपाका सांसदहरू र मुख्यमन्त्रीहरूलाई छलफल गर्न नयाँ दिल्लीमा बोलाइएको छ। उनीहरूसँग शुक्रबार बिहान साढे १० बजे छलफल गर्ने तयारी छ।

 

 


Thali Mobile Pvt.Ltd.