भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित

सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित image

काठमाडौं । सुरक्षण मुद्रण सम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको यो विधेयक बिहबार प्रतिनिधि सभाबाट समेत बहुमतका आधारमा पारित भएको हो ।

विधेयकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई नेपाल सरकारले नै मुद्रण गर्ने प्रावधान राखिएको छ । जग्गाधनि दर्ता प्रमाणपुर्जा वा डिजिटल नक्सा समेत सुरक्षण मुद्रण सामग्रीको परिभाषामा समेटिएको छ ।

कानुनी रुपमा आधार तयार भएसँगै सरकारले यी सामग्रीको उत्पादन नेपालमै गर्ने योजना अगाडि बढाउने सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरको जवाफ दिँदै मन्त्री शर्माले यस्तो जानकारी दिएकी हुन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.