भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

बङ्गलादेशमा आन्दोलन मत्थर भइसकेकोले नेपाली विद्यार्थीहरू फर्कन पर्दैनः परराष्ट्र मन्त्रालय

बङ्गलादेशमा आन्दोलन मत्थर भइसकेकोले नेपाली विद्यार्थीहरू फर्कन पर्दैनः परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा चलेको आन्दोलन मत्थर भइसकेकोले नेपाली विद्यार्थीहरू फर्कन नपर्ने बताएको छ । आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा सर्वोच्च अदालतको आदेशसँगै बङ्गलादेशमा आन्दोलन रोकिएको हो ।

अवस्था जटिल भएको बेला नेपाली विद्यार्थीहरूलाई फर्काउन पहल गरेको तर अब अवस्था सामान्य भइसकेकोले फर्कन नपर्ने मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए।

तर फर्कनै पर्ने बाध्यता रहेको र अझै असुरक्षित महसुस गरिरहेका भएमा त्यस्ता विद्यार्थीहरू फर्कन पाउने पनि उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.