भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

कृष्णमान प्रधानको सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट

कृष्णमान प्रधानको सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट

काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरूले प्रधानसँग उजुरीबारे प्रश्न सोधेका थिए ।

जागिर लगाइदिने प्रलोभनमा पारेर निरन्तर यौन दुर्व्यवहार गरेको भन्दै प्रधानमाथि उजुरी परेको थियो।
सुनुवाइ समितिमा अधिकांश सांसदहरूले यही उजुरी केन्द्रित प्रश्न प्रधानलाई सोधेका छन्। तर प्रधानले सांसदहरूले सोधेका प्रश्न टार्न खोजे।

नेकपा (एमाले) की सांसद ईश्वरी घर्तीले प्रधानमाथि परेको यौन दुर्व्यवहार आरोपबारे प्रश्न सोधेकी थिइन्।
नेपाली कांग्रेसका सांसद जीवन परियारले निर्वाचन आयोगको आयुक्त हुनका लागि उच्च नैतिक चरित्र भएको मानिस हुनुपर्ने भएकोले प्रधानमाथिका आरोपले उच्च नैतिक चरित्र नदेखिएकोमा के प्रतिक्रिया छ भनेका थिए।

 


Thali Mobile Pvt.Ltd.