भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

कृष्णमान प्रधानको सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट

कृष्णमान प्रधानको सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट image

काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरूले प्रधानसँग उजुरीबारे प्रश्न सोधेका थिए ।

जागिर लगाइदिने प्रलोभनमा पारेर निरन्तर यौन दुर्व्यवहार गरेको भन्दै प्रधानमाथि उजुरी परेको थियो।
सुनुवाइ समितिमा अधिकांश सांसदहरूले यही उजुरी केन्द्रित प्रश्न प्रधानलाई सोधेका छन्। तर प्रधानले सांसदहरूले सोधेका प्रश्न टार्न खोजे।

नेकपा (एमाले) की सांसद ईश्वरी घर्तीले प्रधानमाथि परेको यौन दुर्व्यवहार आरोपबारे प्रश्न सोधेकी थिइन्।
नेपाली कांग्रेसका सांसद जीवन परियारले निर्वाचन आयोगको आयुक्त हुनका लागि उच्च नैतिक चरित्र भएको मानिस हुनुपर्ने भएकोले प्रधानमाथिका आरोपले उच्च नैतिक चरित्र नदेखिएकोमा के प्रतिक्रिया छ भनेका थिए।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.