भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अलपत्र भत्केपाटी–नगरकोट सडक खण्डको बाँकि काम छिटो सम्पन्न गर्न सरोकारवालाबीच छलफल

अलपत्र भत्केपाटी–नगरकोट सडक खण्डको बाँकि काम छिटो सम्पन्न गर्न सरोकारवालाबीच छलफल

भक्तपुर । दश वर्षदेखि निर्माण कार्य अलपत्र भक्तपुर भत्केपाटी–नगरकोट सडक खण्डको बाँकि काम छिटो सम्पन्न गर्न सरोकारवालाबीच छलफल भएको छ । पटक पटक ताकेता गर्दा पनि काम सम्पन्न नभएपछि बिहीबार पुनः चाँगुनारायण नगरपालिकामा सरोकारवालाबीच छलफल भएको हो ।

नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीलगायत वडाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासिनी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी र सुरक्षा निकायका प्रमुखहरुबीच भएको छलफलमा निर्माण ब्यवसायीले आइतबारबाट काम शूरु गर्ने प्रतिबद्धता जनाए ।

नगरकोट सडकको बाँकि काम सम्पन्न गर्न फेरी पनि मेयर खत्रीले ताकेता गरे । माथिल्लो निकायले दबाब दिएपनि निर्माण ब्यवसायीले नटेरेको सहभागिले बताए । अब पनि काम सम्पन्न नगरे जनताले कसैलाई नछोड्ने जिकिर गरे । नगरकोट सडकको काम गर्न आफै सक्षम भएपनि कानूनी अल्झनका कारण सम्भव नभएको र अधुरो हुने अवस्था भएकाले अब अन्तिम टाइमलाईनबाट पछि नहट्न निमार्ण ब्यवसायीलाई निर्देशन दिए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले सडक अलपत्र छोडिदा दुर्घटनाको जोखिम बढेको भन्दै सडकको कामको विषयमा स्थानीयको दबाब थेग्न नसक्ने गरि आइरहेको बताइन् । डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख मरासिनीले निर्माण ब्यवसायीले ९५ प्रतिशत काम सम्पन्न गरेको अवस्थामा ठेक्का तोड्न ब्यवहारिक हिसावबाट पनि नमिल्ने बताए ।

निर्माण ब्यवसायीले भने यसअघिको कामको भुक्तानी नपाउँदा काम सम्पन्न गर्न नसकेको तर बाहिर गलत प्रचार भएको जिकिर गरे । १५ किलोमिटर ६६० मिटर लामो भक्तपुर–नगरकोट सडक खण्ड निर्माण गर्न शैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ कात्तिक ४ गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर कयौ पटक म्याद थपिसक्दा पनि अहिलेसम्म सम्पन्न हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.