भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

भोकमरी बढेपछि नामिबियाले ७ सय २३ वटा जङ्गली जनावर मारेर मासु वितरण गर्दै

भोकमरी बढेपछि नामिबियाले ७ सय २३ वटा जङ्गली जनावर मारेर मासु वितरण गर्दै

काठमाडौं । भोकमरी बढेपछि नामिबियाले ८३ वटा हात्तीसहित ७ सय २३ वटा जङ्गली जनावरलाई मार्ने योजना बनाएको छ । नामिबियाले जङ्गली जनावर मारेर तीव्र खडेरीका कारण खाना पाउन सङ्घर्ष गरिरहेका मानिसहरूलाई मासु वितरण गर्ने योजना बनाएको वातावरण मन्त्रालयलार्य उद्र्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

सरकारले राष्ट्रिय निकुञ्ज र सामुदायिक क्षेत्रका जनावर मार्ने योजना बनाएको छ । चरन क्षेत्र र पानी कम भएका तर जनावर धेरै भएका जङ्गलका जनावर मारिने खबरमा उल्लेख छ । नामिबियाले मार्ने जनावरमध्ये ८३ वटा हात्ती रहेका छन् ।

यस्तै,४० वटा जलगैँडा, ६० वटा अर्ना, १ सय ५० वटा जरायो, १ सय वटा निलगाई र तीन सय वटा जेब्राघोडा मारिने जनाएको छ । संयुक्त राष्ट्र सङ्घका अनुसार दशकौँदेखि सबैभन्दा खराब खडेरीको सामना गरिरहेको नामिबियाले गएको महिना आफ्नो खाद्य भण्डारको ८४ समाप्त गरिसकेको छ ।

आउँदा महिनाहरूमा नामिबियाको लगभग आधा जनसङ्ख्याले उच्च स्तरको खाद्य असुरक्षाको सामना गर्नुपर्ने राष्ट्र संघले चेतावनी दिएको छ । यदि सरकारले भोकमरीको समस्या समाधान नगरेमा मानव–वन्यजीव द्वन्द्व बढ्ने जोखिम छ ।

यसअघि नै सरकारले एक सय ५० जना जनावर मारेर ५७ हजार किलोग्राम मासु नागरिकलाई वितरण गरिसकेको छ । आफ्नो देशले जङ्गल र जनावरको निकै संरक्षण गरिरहेको भन्दै नामिबियाको वातावरण मन्त्रालयले पर्यावरण र विविधतामा फरक नपर्नेगरी सिकार गरेर नागरिकलाई मासु वितरण गरिने जनाएको छ ।

दक्षिण अफ्रिकाका पाँच देशहरू जिम्बावे, जाम्बिया, बोत्सवाना, एन्गोला र नामिबियामा फैलिएको संरक्षण क्षेत्रमा दुई लाख वटा भन्दा धेरै हात्तीहरू बस्ने अनुमान छ । गएको वर्ष बोत्सवाना र जिम्बावेमा खडेरीका कारण सयौँ हात्ती मरेका थिए ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.