भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

जापानमा उडान र रेलसेवा अवरुद्ध

जापानमा उडान र रेलसेवा अवरुद्ध

काठमाडौं । भारी वर्षासँगै आएको शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरू अवरुद्ध भएको छ ।

‘टाइफुन सानसान’ प्रतिघण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन् ।भारी वर्षाका कारण हामामात्सु र टोयोहाशीको मध्यसहरमा बुलेट रेल सेवा अवरुद्ध गरिएको थियो । जापान एयरलाइन्सले मंगलबार र बुधबार ११६ वटा आन्तरिक उडान र ६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने बताएको छ ।

मध्यसिजुओका क्षेत्रमा भारी वर्षा तथा सम्भावित भूस्खलन र दक्षिणी अमामी क्षेत्रमा आँधीको चेतावनी दिँदै जापान मौसम विज्ञान विभागले त्यहाँका बासिन्दालाई सम्भावित खतरनाक ठाउँमा नबस्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.