भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नासा र स्पेस एक्सबीच आठ सय ४३ मिलियन डलरको सम्झौता

नासा र स्पेस एक्सबीच आठ सय ४३ मिलियन डलरको सम्झौता

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र एलन मस्कको कम्पनी स्पेस एक्सबीच आठ सय ४३ मिलियन डलरको सम्झौता भएको छ । यस सम्झौता अनुसार स्पेस एक्सले डिअर्बिट भेहिकल नामक अन्तरिक्ष यान बनाउनेछ । यो अन्तरिक्ष यानले झन्डै चार सय ३० टन तौल भएको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आईएसएस० को म्याद पूरा भएपछि सन् २०३० मा पृथ्वीमा फर्काउन महत्वपूर्ण भूमिका खेल्ने बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन बनाउनका लागि सन् १९८० को दशकमा यसका पार्टपुर्जा एक–एक गरी अन्तरिक्षमा पठाइएको थियो । यो स्टेशन पृथ्वीबाट चार सय किलोमिटर माथि अन्तरिक्षमा रही हरेक ९० मिनेटमा पृथ्वीको वरिपरि एक परिक्रमा गर्छ ।

आफ्नो कार्यकाल पूरा गरेपछि आईएसएस अन्तरिक्षमा तैरने र अन्तरिक्ष भग्नावशेषको हिस्सा बनेर पृथ्वीमा खस्न सक्ने नासाले बताएको छ । नासाले आईएसएसलाई सुरक्षित रूपमा हटाउने र फिर्ता ल्याउने जिम्मेवारी विभिन्न देशमा रहेको एजेन्सीसँगै स्पेसएक्सको पनि रहेको बताएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.