भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेसनल प्याव्सन भक्तपुरको फुटसल कप, मदरल्याण्ड विजयी

नेसनल प्याव्सन भक्तपुरको फुटसल कप, मदरल्याण्ड विजयी

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा फागुन ६ र ७ गते सम्पन्न भएको अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगिताको विजेता मदरल्याण्ड स्कुल भएको छ । मदरल्याण्ड स्कुलले माध्यमिक तहको फाइनल खेलमा यूनिटी स्कुलसँग र आधारभूत तहको फाइनल खेलमा ईडेन गार्डेन स्कुलसँगको प्रतिस्पर्धामा जीत हासिल गरी दुवै कप उचाल्न सफल भएको हो ।

माध्यमिक तहको खेलमा उपविजेता यूनिटी स्कुल र आधारभूत तहको खेलमा ईडेन गार्डेन स्कुल उपविजेता भइ फस्ट रनरअपको शिल्ड प्राप्त गरेका थिए । माध्यमिक तहको सेकेन्ड रनरअपमा ग्लीटर फ्यूचर स्कुल र क्वालिटी स्कुल हुन सफल भएका थिए । आधारभूत तहको सेकेन्ड रनरअपको उपाधि क्वालिटी स्कुल र आरक्षण नेसनल स्कुलले जित्न सफल भएका थिए । त्यसै गरी फेयर प्ले टिमको उपाधि माध्यमिक तहतर्फ पारीजात विद्याकुन्ज स्कुल र आधारभूत तहतर्फ जागृति विदा सदन स्कुलले पाएका थिए ।

साथै माध्यमिक तहको उत्कृष्ट खेलाडि मदरल्याण्ड स्कुलका खेलाडि निश्चल सुनुवार भएका थिए भने उत्कृष्ट गोलकिपर यूनिटी स्कुलका खेलाडि आशिष थापा भएका थिए । आधारभूत तहको उत्कृष्ट खेलाडि ईडेन गार्डेनका अमित मिजार भएका थिए भने उत्कृष्ट गोलकिपर मदरल्याण्ड स्कुलका खेलाडि एकिन कासुला भएका थिए । उक्त प्रतियोगिताको समापन एवं पुरस्कार वितरण प्रमुख अतिथि जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापा,

नेशनल प्याव्सन जिल्ला अध्यक्ष संजय खड्का, उपाध्यक्ष राम प्रसाद खाताखो लगाएतले शिल्ड र मेडल प्रदान गर्नु भएको थियो । अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगितामा भक्तपुरका नेसनल प्याव्सन सदस्य विद्यालयबाट माध्यमिक र आधारभूत तह गरी जम्मा ३२ वटा खेल समूह सहभागि रहेको संयोजक सुमन शिल्पकारले बताए ।

 


Thali Mobile Pvt.Ltd.