भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाका लागि आवश्यक भएको दाबी गरेपछि नाटो सक्रिय

ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाका लागि आवश्यक भएको दाबी गरेपछि नाटो सक्रिय

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गरेपछि युरोपेली नाटो सदस्य देशहरूले ग्रीनल्याण्डमा सीमित सैन्य उपस्थिति जनाएका छन्।

फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायतका साना सैन्य टुकडीहरू डेनमार्कको नेतृत्वमा भइरहेको ‘अपरेशन आर्कटिक एन्ड्युरेन्स’ अन्तर्गत ग्रीनल्याण्डको राजधानी नुक पुगेका बीबीसीले जनाएको छ। फ्रान्सले प्रारम्भिक रूपमा १५ सैनिक पठाएको छ भने जर्मनीले १३ सैनिकसहितको ए–४०० एम विमान पठाएको जनाएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले चाँडै स्थल, आकाश र समुद्री साधनसहित थप सैन्य बल पठाइने बताउनुभएको छ। फ्रान्सका वरिष्ठ कूटनीतिज्ञ ओलिभिए प्वाभ्र द आर्भोरले यस कदमलाई ‘राजनीतिक सन्देश दिने पहिलो अभ्यास’ भन्दै नाटो ग्रीनल्याण्डमा उपस्थित रहेको देखाउन गरिएको बताउनुभएको छ।

यसैबीच, डेनमार्क र ग्रीनल्याण्डका विदेश मन्त्रीहरूले वासिङ्टनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरे पनि दुवै पक्षबीच ‘मौलिक असहमति’ कायमै रहेको डेनमार्कले जनाएको छ। ट्रम्पले भने ग्रीनल्याण्ड अमेरिकाका लागि अपरिहार्य रहेको दोहोर्याउँदै आवश्यक परे बल प्रयोगको विकल्प अस्वीकार नगरेको संकेत दिनुभएको छ।

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले ग्रीनल्याण्डमा अमेरिकी सैन्य हस्तक्षेप भए नाटोका लागि ‘राजनीतिक विपत्ति’ हुने चेतावनी दिनुभएको छ। उता, रुसले नाटोले आर्कटिक क्षेत्रमा सैन्य उपस्थिति बढाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले आफ्नो भूमि अमेरिकाको स्वामित्व वा शासन स्वीकार्य नहुने स्पष्ट पार्नुभएको खबरमा उल्लेख छ। सैनिक तैनाथी संख्या सानो भए पनि यसलाई नाटोको आर्कटिक क्षेत्रमा बढ्दो रणनीतिक चासो र ट्रम्प प्रशासनलाई युरोपेली देशहरूको स्पष्ट सन्देशका रूपमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.