भर्खरै : Sorry, your browser does not support inline SVG.
त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित | पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह |

निर्वाचन क्षेत्रबाहिर घरदैलोमा सागर ढकाल, सार्वजनिक गरे प्रचार खर्च

निर्वाचन क्षेत्रबाहिर घरदैलोमा सागर ढकाल, सार्वजनिक गरे प्रचार खर्च

गुल्मी , ९ माघ । गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) बाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाल आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर पनि घरदैलो अभियानमा सक्रिय देखिएका छन् ।

ढकालले गुल्मी निर्वाचन क्षेत्र नम्बर – १ बाट उम्मेदवारी दर्ता गराएका छन् । तर चुनावी प्रचारका क्रममा उनी क्षेत्र नम्बर – २ मा पुगेर घरदैलो गरिरहेका छन् । क्षेत्र नम्बर – २ मा रास्वपाबाट गोविन्द पन्थी उम्मेदवार रहेका छन् । ढकाल र पन्थी संयुक्त रूपमा घरदैलो अभियानमा सहभागी भएका हुन् । गुल्मी क्षेत्र नम्बर–१ मा ढकालको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका प्रदीप ज्ञवाली , नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी र नेपाल कम्युनिस्ट पार्टीका सुदर्शन बरालसँग हुने देखिएको छ ।

त्यसैगरी, क्षेत्र नम्बर–२ मा गोविन्द पन्थीले नेकपा एमालेका गोकर्ण विष्ट, नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतसँग प्रतिस्पर्धा गर्नेछन् । नयाँ दलका नयाँ उम्मेदवारहरूले स्थापित तथा हेभीवेट नेताहरूसँग प्रतिस्पर्धा गर्न लागेको कारण गुल्मी जिल्लाको चुनावी माहोल थप चासोको विषय बनेको छ ।

यसैबीच, सागर ढकालले आफ्नो चुनावी प्रचार अभियानमा भएको खर्च सार्वजनिक गरेका छन् । उनले माघ ८ गते बेलुकी मालिका गाउँपालिकामा बसेका चार जनाको खर्च विवरण सार्वजनिक गरेका हुन् । ढकालका अनुसार एक रातमा जम्मा २ हजार ६ सय २५ रुपैयाँ खर्च भएको छ । उनले प्रचार अभियानका क्रममा मासु , मदिरा लगायतका अनावश्यक खर्च नगर्न कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.