भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने नेपालीको सनाखत

अमेरिकामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने नेपालीको सनाखत

काठमाडौं । अमेरिकाको ग्लेसियर नेसनल पार्कमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने नेपालीको पहिचान खुलेको छ । मृतक जनकपुरका २८ वर्षीय राजु झा रहेको खुलेको छ ।

झाको शव नेपाल पठाउनका लागि गो फन्डमार्फत सहयोग मागिएको जनाएका छन् । यसअन्तर्गत तीन दिनमा ३९ हजार डलर उठेको र सो रकम ५० हजार सम्म पुर्याउइने बताइएको छ ।

शनिबार बेलुका आफ्ना साथीहरूका साथ पौडी खेल्न उनी स्थानीय म्याकडोनाल्ड तालमा गएका थिए । उनी केही बेरमा नै पानीमुनि पुगेको र बाहिर ननिस्केको जनाइएको छ । उनको शव करिब ४० फिट तल भएको उद्धार दलले पत्ता लगाएको थियो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.