भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

बहुपति प्रथाको कथामा बनेको चलचित्र ‘टुल्की’ सेन्सर पास

काठमाडौं । नेपाली चलचित्र ‘टुल्की’ले प्रदर्शन अनुमति पाएको छ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा खिचिएको चलचित्र ‘टुल्की’ हिमाली क्षेत्रमा जरा गाडेको प्रचलित बहुपति प्रथामा आधारित छ । चलचित्रले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।

‘द पाल्म ग्रुप प्रालि’ को ब्यानरमा निर्माण गरिएको चलचित्रमा हिमाली जिल्लाको ब्राम्हण बस्तीमा जन्मेकी युवतीले प्रेमविवाह गरेर माथिल्लो डोल्पामा जाँदा संस्कारका नाममा भोग्नुपरेको कहालीलाग्दो पीडालाई उजागर गरेको निर्माता शेखर लामा र आरपी कर्माचायले बताए ।हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई समेटेर बनाएको चलचित्र केन्द्रीय चलचित्र जाँच समितिका पदाधिकारीहरुल हेरेपछि प्रमाणपत्र प्रदान गरेको पनि उनले जानकारी दिए ।

निर्माता लामाका अनुसार करिब चार वर्षको अध्ययनपछि चलचित्र निर्माण गरिएको हो । चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने निर्देशन तथा छायाँङ्कन देवजङ्ग थापाको रहेको छ । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको जानकारी निर्माण टिमले दिएको छ । चलचित्रलाई विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपाल तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन गरिने निर्माण पक्षले बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.