भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

हवाई हमलाको निन्दा

हवाई हमलाको निन्दा

एजेन्सी । इरानले सिरियामा गरेको हवाई हमलाको निन्दा गरेको छ । इरानका राष्ट्रपति इब्राहिम रायसीले सिरियाको दमास्कसमा भएको हवाई आक्रमणको जिम्मेवार इजरायल भएको भन्दै इजरायलले सिरियाली सेनालाई पनि निशाना बनाएको आरोप लगाएको छ ।

इजरायलले वषौंदेखि सिरयामा इरानसँग समन्धित क्षेत्रहरुलाई लक्षित गरी आक्रमण गर्ने गरेको भन्दै राष्ट्रपति रायसीले उक्त हमलामा मारिएका व्यक्तिहरुलाई शहीदको दर्जा दिँदैै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

हवाई हमलालगत्तै इरानले वक्तव्य जारी गर्दै हमलालाई आतंकवादीको संज्ञा दिएको थियो । इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा इजरायलको आक्रमण उत्तेजक र आक्रामक भन्दै ज्यादती रोक्न सचेत गराएको थियो ।

इजरायल र हमासबीचको युद्धलाई लिएर क्षेत्रीय तनाव बढिरहेका बेला शनिबार सिरियाको दमास्कसमा इजरायलले गरेको हवाई आक्रमणमा परी ५ जनाको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.