भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

निर्वाचन आचारसंहिता उल्लङ्घन : ८५ जनासँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लङ्घन : ८५ जनासँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौँ, ११ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी ८५ उजुरीमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण मागेको जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये हालसम्म ५४ वटाको जवाफ प्राप्त भएको आयोगले जानकारी दिएको छ ।

आयोगका कानून अधिकृत मोहनराज जोशीका अनुसार ७९ जनासँग स्पष्टीकरण र ६ जनासँग पुनः स्पष्टीकरण मागिएको छ । आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग पनि स्पष्टीकरण सोधिएको छ ।

दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण तथा आवश्यक कारबाहीका लागि पत्राचार गरिएको आयोगले जनाएको छ । निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण प्रकाशन गरेको भन्दै सेतोपाटी अनलाइनलाई समेत प्रेस काउन्सिलमार्फत स्पष्टीकरण सोधिएको छ ।

जिल्लास्तरमा पनि आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरू प्राप्त भई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । प्राप्त ५४ वटा जवाफको अध्ययन भइरहेको छ ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रहेको आयोगको भनाइ छ ।

निर्वाचन आचारसंहिता, २०८२को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयमा तथा प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको छ । आयोगले सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको जनाएको छ ।

 
 

 


Thali Mobile Pvt.Ltd.