भर्खरै : Sorry, your browser does not support inline SVG.
जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप |

एजेन्सी । सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल मेन्चो’ को मृत्यु भएपछि मेक्सिकोमा व्यापक हिंसा भड्किएको छ ।

मेक्सिकोको सुरक्षा फौजले सञ्चालन गरेको विशेष सैन्य कारबाहीमा ‘एल मेन्चो’ नामले परिचित नेमेसियो रुबेन ओसेगुएरा सेर्भान्टेस मारिएका थिए । ५९ वर्षीय सेर्भान्टेसको मृत्यु भएपछि उनको आपराधिक गिरोहले देशका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधि सुरु गरेको हो । जालिस्को राज्यको टापाल्पामा भएको मुठभेडमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । उनी जालिस्को न्यू जेनेरेसन कार्टेल (CJNG) का प्रमुख नेता थिए ।

नेता मारिएको बदला लिन कार्टेलका सदस्यहरूले सडकमा बस र ट्रकहरू जलाएका छन् भने विभिन्न राजमार्गहरू अवरुद्ध बनाएका छन् । ग्वाडालजारा र पुएर्टो भालार्टा जस्ता प्रमुख पर्यटकीय सहरमा सुपरमार्केट र बैंकहरूमा आगजनी तथा तोडफोडका घटना भएका छन् । हिंसात्मक गतिविधि चर्किएपछि केही विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् । सयौँ अन्तर्राष्ट्रिय उडानहरू रद्द हुँदा हजारौँ पर्यटक होटलभित्रै बस्न बाध्य भएका छन् ।

स्थिति नियन्त्रणमा लिन मेक्सिको सरकारले प्रभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता लागू गरेको जनाएको छ । साथै संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई मेक्सिको भ्रमण नगर्न र त्यहाँ रहेका नागरिकलाई सुरक्षित स्थानमै बस्न आग्रह गर्दै यात्रा चेतावनी जारी गरेको छ । 

  

 


Thali Mobile Pvt.Ltd.