भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मूल्य बढाउँदा पनि आयल निगम घाटामै, पाक्षिक ७ अर्ब ८२ करोड नोक्सानी

मूल्य बढाउँदा पनि आयल निगम घाटामै, पाक्षिक ७ अर्ब ८२ करोड नोक्सानी

काठमाडौँ, २७ चैत्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाउँदा पनि निगम अझै घाटामा रहेको जनाएको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट ले शुक्रबार सार्वजनिक सन्देशमार्फत निगम पाक्षिक रूपमा करिब ७ अर्ब ८२ करोड रुपैयाँ घाटामा रहेको जानकारी दिएका हुन्।

उनका अनुसार निगमले अझै इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई बुझाउनुपर्ने १६ अर्ब ३७ करोड रुपैयाँ बक्यौता बाँकी रहेको छ। सोही कारण निगमलाई पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न बाध्य भएको उनले बताएका छन्।

निगमले इन्धन खपत घटाउन तथा मितव्ययी बन्न उपभोक्तालाई आग्रह गरेको छ। पछिल्लो निर्णयअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ वृद्धि गरिएको छ।

यसैगरी, एलपी ग्यासको मूल्यमा १०० रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ। मूल्य बढाउँदा पनि निरन्तर घाटा बढिरहेकाले निगम आर्थिक दबाबमा परेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.