भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

मूल्य बढाउँदा पनि आयल निगम घाटामै, पाक्षिक ७ अर्ब ८२ करोड नोक्सानी

मूल्य बढाउँदा पनि आयल निगम घाटामै, पाक्षिक ७ अर्ब ८२ करोड नोक्सानी

काठमाडौँ, २७ चैत्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाउँदा पनि निगम अझै घाटामा रहेको जनाएको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट ले शुक्रबार सार्वजनिक सन्देशमार्फत निगम पाक्षिक रूपमा करिब ७ अर्ब ८२ करोड रुपैयाँ घाटामा रहेको जानकारी दिएका हुन्।

उनका अनुसार निगमले अझै इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई बुझाउनुपर्ने १६ अर्ब ३७ करोड रुपैयाँ बक्यौता बाँकी रहेको छ। सोही कारण निगमलाई पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न बाध्य भएको उनले बताएका छन्।

निगमले इन्धन खपत घटाउन तथा मितव्ययी बन्न उपभोक्तालाई आग्रह गरेको छ। पछिल्लो निर्णयअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ वृद्धि गरिएको छ।

यसैगरी, एलपी ग्यासको मूल्यमा १०० रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ। मूल्य बढाउँदा पनि निरन्तर घाटा बढिरहेकाले निगम आर्थिक दबाबमा परेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.