भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, तराईमा हुस्सु र चिसोको असर

उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, तराईमा हुस्सु र चिसोको असर

काठमाडौँ, १४ पुष । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

तराईका धेरै स्थानमा भने आज पनि हुस्सु र कुहिरो लागेको छ । लगातारको हुस्सु, कुहिरो र चिसोका कारण बालबालिका तथा वृद्धवृद्धालाई बढी समस्या देखिएको छ । पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा केही दिनदेखि घाम नलाग्दा जनजीवन प्रभावित भएको छ ।

चिसो बढेसँगै धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय तथा सशस्त्र प्रहरी बलको सहयोगमा बजार क्षेत्रका केही चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ । हुस्सु र कुहिरोका कारण दैनिक ज्यालादारी मजदुरहरूलाई काम गर्न कठिनाइ भएको छ ।

मौसमविद्हरूका अनुसार अझै केही दिनसम्म तराईमा हुस्सु र कुहिरोको अवस्था कायमै रहने सम्भावना छ । चिसोका कारण आलु, तोरीजस्ता हिउँदे बालीमा डढुवा रोग देखिन थालेको किसानहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.