भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

इजरायलद्वारा गाजामा प्यालेस्टिनी पत्रकारका ७ सयभन्दा बढी आफन्तको हत्या : प्रतिवेदन

इजरायलद्वारा गाजामा प्यालेस्टिनी पत्रकारका ७ सयभन्दा बढी आफन्तको हत्या : प्रतिवेदन

गाजा, १४ पुष । इजरायलले गाजामा प्यालेस्टिनी पत्रकारका ७ सयभन्दा बढी आफन्तहरूको हत्या गरेको एक प्रतिवेदन सार्वजनिक भएको छ ।

प्यालेस्टिनी पत्रकार सिन्डिकेटलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएअनुसार सन् २०२३ को अक्टोबरमा गाजामा नरसंहार युद्ध शुरू भएयता इजरायली आक्रमणमा कम्तीमा ७ सय ६ जना प्यालेस्टिनी पत्रकारका परिवारका सदस्यहरूको ज्यान गएको छ ।

सिन्डिकेटको स्वतन्त्रता समितिद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा इजरायली सेनाले गाजामा जारी नरसंहार युद्धको रिपोर्टिङलाई दबाउन पत्रकारका परिवारलाई लक्षित गरी सामूहिक दण्डको नीति अपनाइरहेको उल्लेख गरिएको छ ।

स्वतन्त्रता समितिका प्रमुख मुहम्मद अल–लहहमले सन् २०२३ देखि २०२५ सम्म देखिएको आक्रमणको ढाँचाले गाजामा स्वतन्त्र पत्रकारिता दबाउने इजरायलको स्पष्ट मनसाय उजागर गरेको बताउनुभएको छ ।

समितिका अनुसार सन् २०२३ मा ४ सय ३६ जना, सन् २०२४ मा २ सय ३ जना र सन् २०२५ मा हालसम्म कम्तीमा ६७ जना पत्रकारका आफन्तहरूको हत्या भएको छ ।

धेरै परिवारहरू जबरजस्ती विस्थापित भई पाल तथा अस्थायी शिविरमा बस्न बाध्य भए पनि हवाई आक्रमण र गोलाबारीका कारण ज्यान गुमाउने क्रम रोकिएको छैन ।

पत्रकारितासँगको पारिवारिक सम्बन्धकै कारण सयौँ बालबालिका, महिला तथा वृद्धवृद्धा मारिनु अन्तर्राष्ट्रिय मानवीय र कानूनी मान्यताको गम्भीर उल्लङ्घन भएको समितिले ठहर गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.