भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, लमजुङ खण्डमा सवारी सञ्चालन ठप्प

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, लमजुङ खण्डमा सवारी सञ्चालन ठप्प

लमजुङ,  १६ बैशाख । वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ।

सडकअन्तर्गत मध्यनेपाल नगरपालिका–१० विमिरे भञ्ज्याङ मा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्री ले जानकारी दिनुभयो।

‘गएरातिदेखि नै हालसम्म वर्षा भइरहेका कारण सो क्षेत्रमा पहिरो जाँदा सो मार्गमा आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेको छैन,’ उहाँले भन्नुभयो।

पहिरो तत्काल हटाएर सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण काममा कठिनाइ भएको प्रहरीले जनाएको छ। साथै यस सडकखण्डका विभिन्न खोलामा पानीको बहाव उच्च रहेकाले सवारीसाधन सञ्चालन गर्न समस्या भएको बताइएको छ।

प्रहरीका अनुसार मौसम अनुकूल भएपछि पहिरो हटाई सडक सञ्चालनमा ल्याइने तयारी भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.