भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पाकिस्तानमा सशस्त्र विद्रोहीद्धारा राजमार्गमै २२ जनाको हत्या

पाकिस्तानमा सशस्त्र विद्रोहीद्धारा राजमार्गमै २२ जनाको हत्या

काठमाडौं । पाकिस्तानमा सशस्त्र विद्रोहीले राजमार्गमा गाडी रोकेर २२ जनाको हत्या गरेका छन् । पाकिस्तानको दक्षिण–पश्चिमी क्षेत्रमा बन्दुकधारीले कम्तीमा २२ जनाको गोली हानी हत्या गरेका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा आज बिहान आक्रमण भएको हो । मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा भएको आक्रमणमा पाँच जना घाइते भएका बताएको खबरमा उल्लेख छ । सशस्त्र विद्रोहीले पञ्जाबबाट आउने र जाने गाडीको निरीक्षण गरेका र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानेका उनको भनाइ छ ।

ज्यान गुमाउने १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण छन् । बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकु पृथकतावादी समूह हो र्र्।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.