भर्खरै : Sorry, your browser does not support inline SVG.

इजरायमा आमहडतालका कारण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र

इजरायमा आमहडतालका कारण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र

एजेन्सी । इजरायलमा आम हडतालको आव्हन गरिएको छ । आज आमहडतालका क्रममा इजरायको शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था समेत ठप्प भएको छ ।

इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा गरिएको हडतालमा युनियनले गाजा बन्धकहरूको समर्थनका लागि पूर्ण हडताल आव्हान गरेको हो । हमासको कब्जामा रहेका बन्धकमध्ये एकपछि अर्को गर्दै शव फेला पर्नुमा इजरायल सरकारको लाचारीपन भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ ।

यसैबीच इजरायल सरकारले हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । हमासद्वारा बन्धक बनाइएका ६ बन्धकको शव फेला परेपछि उनीहरुको रिहाइ र सुरक्षाका लागि सम्झौता गर्न सरकारलाई दबाब दिइएको छ । हडतालका क्रममा इजरायलबाट हुने सम्पुर्ण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.