भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

इजरायमा आमहडतालका कारण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र

इजरायमा आमहडतालका कारण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र

एजेन्सी । इजरायलमा आम हडतालको आव्हन गरिएको छ । आज आमहडतालका क्रममा इजरायको शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था समेत ठप्प भएको छ ।

इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा गरिएको हडतालमा युनियनले गाजा बन्धकहरूको समर्थनका लागि पूर्ण हडताल आव्हान गरेको हो । हमासको कब्जामा रहेका बन्धकमध्ये एकपछि अर्को गर्दै शव फेला पर्नुमा इजरायल सरकारको लाचारीपन भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ ।

यसैबीच इजरायल सरकारले हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । हमासद्वारा बन्धक बनाइएका ६ बन्धकको शव फेला परेपछि उनीहरुको रिहाइ र सुरक्षाका लागि सम्झौता गर्न सरकारलाई दबाब दिइएको छ । हडतालका क्रममा इजरायलबाट हुने सम्पुर्ण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.