भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सर्लाही प्रहरीद्वारा नक्कली नोट बनाउने आठ जना पक्राउ

सर्लाही प्रहरीद्वारा नक्कली नोट बनाउने आठ जना पक्राउ

सर्लाही । नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ परेका छन् । सर्लाही प्रहरीले उक्त गिरोहका आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५, बस्ने २६ वर्षीय सौगात थापा मगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६, बस्ने ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका–१२, मधुबनी गाउँ बस्ने ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने ३७ वर्षीय विशाल राई रहेका छन्।

सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जना पक्राउ परेका हुन्। प्रहरीले घटनास्थलबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रङ्गका आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपैयाँ, १० थान मोवाइल सेट, एउटा नेपाली स्कारपियो र दुई वटा भारतीय मोटरसाइकल बरामद गरेको छ।

पक्राउ परेका आठै जना व्यक्ति र बरामद भएका समान जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ल्याएर थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीले ललितपुरको ललितपुर महानगरपालिका–१, कुपनडोल बस्ने ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका–५, बस्ने ३७ वर्षीय अमिर खत्री, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी टङ्की बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर र भारतकै मेजरगन्ज पन्चायत–८, बस्ने ४० वर्षीय सुवोध कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

नेपाल–भारत सीमा दशगजा नजिकै पर्ने मधुबनी गाउँमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गहडीया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट खटिएको प्रहरी टोलीले आठ जनालाई पक्राउ गर्न सफल भएको हो।

 


Thali Mobile Pvt.Ltd.