भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा

राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा

काठमाडौं, १६ असार । विशेष अदालतले राहदानी छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले अभियुक्तहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतले महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग ३ लाख रुपैयाँ, कम्प्युटर इन्जिनियर विपिन प्रसाईंसँग ३ लाख रुपैयाँ तथा राहदानी छपाइको ठेक्का पाएको जर्मन कम्पनी म्युल्बाउअर आइडी सर्भिसेसका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्लसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

यस्तै, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाललाई भने धरौटी नलिई रिहा गर्न अदालतले आदेश दिएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ८ गते महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध राहदानी छपाइ प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारले उक्त मुद्दामा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।

 


Thali Mobile Pvt.Ltd.